काशी भारतको सनातन चेतनाको शाश्वत प्रकाश, यहाँ कण-कणमा शिवको वास छ : रेखा गुप्ता
कालभैरव मंदिर में अपने परिजनों के साथ दिल्ली की मुख्यमंत्री


वाराणसी, 19 जुलाई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आफ्नो जन्मदिनको अवसरमा आइतबार परिवारका सदस्यहरूसँग काशी विश्वनाथ मन्दिर तथा काशीका कोतवाल बाबा काल भैरव मन्दिरमा विधिपूर्वक पूजा-अर्चना गरेकी छन्। दुईदिने काशी भ्रमणमा रहेकी उनले दर्शन-पूजनपछि दिल्लीसहित सम्पूर्ण देशको सुख, समृद्धि र कल्याणको कामना गरिन्।

दुवै मन्दिरमा दर्शन गरेपछि मुख्यमन्त्री गुप्ताले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “आज आफ्नो जन्मदिनको अवसरमा मोक्षदायिनी, शाश्वत र अविनाशी काशीमा बाबा श्री काशी विश्वनाथ तथा काशीका कोतवाल श्री काल भैरवको पवित्र चरणमा दर्शन र पूजा गर्ने परम सौभाग्य प्राप्त भएको छ। काशी भारतको सनातन चेतनाको शाश्वत प्रकाश हो। यहाँ कण-कणमा शिवको वास छ, प्रत्येक श्वासमा भक्ति छ र प्रत्येक पाइला आध्यात्मिक स्पन्दनले भरिएको अनुभव हुन्छ।”

उनले बाबा विश्वनाथको कृपा र बाबा काल भैरवको संरक्षण अनादिकालदेखि यस पवित्र भूमिको शक्ति रहेको उल्लेख गर्दै सबैमाथि उनीहरूको असीम कृपा रहिरहोस्, सबैले सुख, समृद्धि, उत्तम स्वास्थ्य र खुशहाली प्राप्त गरून् तथा भारत निरन्तर वैभव, गौरव र नयाँ उपलब्धिको शिखरतर्फ अघि बढिरहोस् भन्ने प्रार्थना गरिन्।

यसअघि प्रधानमन्त्री तथा वाराणसीका सांसद नरेन्द्र मोदीले पनि मुख्यमन्त्री रेखा गुप्तालाई जन्मदिनको शुभकामना दिएका थिए। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत लेखेका छन्, “दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई जन्मदिनको हार्दिक शुभकामना। दिल्लीको विकासलाई गति दिन तथा जनताको जीवन सहज बनाउन उहांले गरिरहनु भएको प्रयास प्रशंसनीय छन्। उनको दीर्घायु र उत्तम स्वास्थ्यको कामना गर्दछु।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande