बेंगलुरु खानी दुर्घटनाप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
बेंगलुरु खानी दुर्घटनाप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त


नयाँ दिल्ली, 0२ जुलाई (हि.स.)।प्रधानमन्त्रीले बिहिबार कर्नाटकको बेंगलुरु अर्बन जिल्ला स्थित एक ढुंगा खानीमा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “कर्नाटकको बेंगलुरु अर्बन जिल्ला स्थित ढुंगा खानीमा भएको दुर्घटनामा मानिसहरूको मृत्यु भएको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ। आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति म गहिरो समवेदना व्यक्त गर्दछु। साथै घाइतेहरूको चाँड़ो स्वास्थ्यलाभको कामना गर्दछु।”

उल्लेखनीय छ कि बेंगलुरु दक्षिण तालुकको मादपट्टण गाउँ नजिक रहेको कावेरी क्रसर ढुंगा खानीमा आज विशाल चट्टान खस्दा ७ जना मजदुरको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई आरआर अस्पतालमा भर्ती गरिएको छ, जहाँ उनीहरूको उपचार जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande