
नयाँ दिल्ली, 0२ जुलाई (हि.स.)। हेलिकोप्टर सञ्चालनका लागि देशको पहिलो निजी पोइन्ट-इन-स्पेस (पिएनएस) इन्स्ट्रुमेन्ट एप्रोच प्रक्रियाले स्वीकृति प्राप्त गरेसँगै भारतले उड्डयन क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यसले दुर्गम, पहुँच कठिन तथा रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रहरूमा हेलिकोप्टर सञ्चालनलाई अझ् सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
नागरिक उड्डयन मन्त्रालयले बुधवार राति घोषणा गर्दै देशको पहिलो निजी पोइन्ट-इन-स्पेस (पिएनएस) इन्स्ट्रुमेन्ट एप्रोच प्रक्रियालाई उण्डावल्ली हेलिपोर्टमा हेलिकोप्टर सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको जनाएको छ।
भारतीय विमानपत्तन प्राधिकरण (एएआई) द्वारा विकास गरिएको तथा नागर विमानन महानिदेशनालय (डीजीसीए) द्वारा अनुमोदित यो पिएनएस प्रक्रिया डीजीसीएका नियमहरू तथा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) का मापदण्ड र सिफारिस गरिएका अभ्यासहरू अनुसार तयार गरिएको हो।
नागरिक उड्डयन मन्त्री राम मोहन नायडूले पिएनएस इन्स्ट्रुमेन्ट एप्रोच प्रक्रिया लागू गर्ने पहलका बारेमा भने, “भारतको पहिलो पिएनएफ इन्स्ट्रुमेन्ट एप्रोच प्रक्रियाको शुरुआत हेलिकोप्टर सञ्चालनको क्षेत्रमा नयाँ युगको आरम्भ हो। यसले उड़ान सुरक्षा, सञ्चालन दक्षता तथा सबै प्रकारका मौसममा पहुँचयोग्यता क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।”
उनले भने, “गत साता मात्र हामीले एक व्यावसायिक विमान मार्फत देशको पहिलो स्वदेशी गगन-आधारित प्रिसिजन एप्रोचको सफल प्रदर्शन गरेका थियौं। देशको पहिलो पिएनएस इन्स्ट्रुमेन्ट एप्रोच प्रक्रियाको शुरुआत यस यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो। यो उपलब्धिले परफर्मेन्स-बेस्ड नेभिगेसन (पीबीएन) मार्फत उड्डयन पूर्वाधारको आधुनिकीकरण, स्वदेशी उपग्रह-आधारित नेभिगेसन प्रविधिको विस्तार तथा भारतको उड्डयन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुसार विकास गर्ने सरकारको दृष्टिकोणलाई अझ् सुदृढ़ बनाइँदैछ।”
उनले देशभरि हेलिकोप्टर सञ्चालनलाई अझ् भरपर्दो र सुलभ बनाउन आधुनिक तकनीकी अपनाउनु सरकारको सर्वोच्च प्राथमिकता रहेको बताए। उनी अनुसार भारतमा प्रविधि-सञ्चालित तथा अन्तररिष्ट्रिय मापदण्ड अनुरूपको हेलिकोप्टर पारिस्थितिकी तन्त्र निर्माण गर्ने लक्ष्य रहेको छ।
नायडूले भने, “हालै हामीले उन्नत प्राविधिक पूर्वाधारको सहयोगमा यस वर्षको चारधाम हेलिकोप्टर सेवाको पहिलो चरण कुनै पनि दुर्घटनाबिना सफलतापूर्वक सम्पन्न गरेका छौं।”
नागरिक उड्डयन मन्त्रालयले यो स्वीकृतिले देशभरि यस्तै प्रकारका पिएनएस प्रक्रियाहरूको विकासका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ। यसबाट आकस्मिक चिकित्सा सेवा, आपदा राहत अभियान, पर्यटन, अपतटीय गतिविधि, तीर्थयात्रा सेवा, कर्पोरेट उड्डयन तथा क्षेत्रीय सम्पर्क विस्तारमा महत्वपूर्ण लाभ पुग्ने अपेक्षा गरिएको छ।
यो प्रणालीले दुर्गम तथा रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रहरूमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अन्तर्गत अझ् सुरक्षित हेलिकोप्टर सञ्चालन सम्भव बनाउने, सञ्चालनको विश्वसनीयता बढ़ाउने तथा प्रतिकूल मौसमका कारण हुने अवरोधहरू कम गर्ने मन्त्रालयले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी