
नयाँ दिल्ली, 0२ जुलाई (हि.स.)। निर्वाचन आयोगले बिहिवार तीन राज्यका तीन विधानसभा सिटमा उपनिर्वाचन हुने घोषणा गरेको छ। बिहारको बांकीपुर, मध्य प्रदेशको दतिया तथा गुजरातको मञ्जलपुर विधानसभा सिट विभिन्न कारण रिक्त रहेका थिए।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार बांकीपुर सिट भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षको राजीनामापछि रिक्त भएको थियो। दतिया सिटका विधायकलाई अयोग्य घोषित गरिएपछि उक्त सिट खाली भएको हो भने मञ्जलपुर सिटका विधायकको निधनपछि सो सिट रिक्त भएको थियो।
तीनवटै सिटका लागि आगामी ३० जुलाईमा मतदान हुनेछ भने ३ अगस्तमा मतगणना गरी नतिजा सार्वजनिक गरिनेछ। उपनिर्वाचन सम्बन्धी आधिकारिक अधिसूचना ६ जुलाईमा जारी गरिने निर्वाचन आयोगले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी