बेंगलुरु नजिकैको ढुंगा खानीमा चट्टान खस्दा ७ मजदुरको मृत्यु, धेरै घाइते
बेंगलुरु नजिकैको ढुंगा खानीमा चट्टान खस्दा ७ मजदुरको मृत्यु, धेरै घाइते


बेंगलुरु, ०२ जुलाई (हि.स.)। बेंगलुरु दक्षिण तालुकको मादपट्टण गाउँ नजिक स्थित वेरी क्रसर ढुंगा खानीमा बिहिवार विशाल चट्टान खस्दा ७ जना मजदुरको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई आरआर अस्पतालमा भर्ती गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।

केन्द्रिय परिक्षेत्रका आईजीपी गिरीश अनुसार घटनाबारे मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ। उनी अनुसार, लगभग ४० फिट उचाइबाट एउटा विशाल चट्टान अचानक फुटेर तल काम गरिरहेका मजदुरहरूमाथि खस्यो। दुर्घटना भएको बेला खानीमा उत्तर भारतका १० देखि १५ जना मजदुर तथा २ देखि ३ जना स्थानीय श्रमिक कार्यरत थिए। मृतकहरूको पहिचान मध्य प्रदेशका राजपाल सिंह, सत्यनारायण सिंह, रामअवतार सिंह, भुवनेश्वर सिंह र राजेन्द्र प्रसाद, छत्तीसगढ़का नूहर तथा कर्नाटकका रामुका रूपमा भएको छ।

स्थानीय विधायक एसटी सोमशेखरले १० जना मजदुरमध्ये ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले खानीहरूको सुरक्षाका विषयमा यसअघि पनि चेतावनी दिइएको भए तापनि लापरवाही गरिएको आरोप लगाए। साथै उनले स्थानीय पुलिस र वन विभागका अधिकारीहरूमाथि पनि मुद्दा दर्ता गरी दुर्घटनाका जिम्मेवार व्यक्तिहरूलाई तत्काल पक्राउ गरेर कड़ा कानूनी कारबाही गर्न माग गरेका छन्।

यस घटनाप्रति उपमुख्यमन्त्री डीके शिवकुमारले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा जारी सन्देशमा उनले बेंगलुरु दक्षिण तालुकको मादपट्टण स्थित क्रसर खानीमा चट्टान खस्दा ७ जना मजदुरको मृत्यु हुनु अत्यन्त दुःखद भएको बताएका छन्। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् भनी प्रार्थना गरेका छन्।

उपमुख्यमन्त्रीले खानीमा कार्यरत मजदुरहरूको सुरक्षा सुनिश्चित गर्नु खानी सञ्चालकहरूको जिम्मेवारी भएको उल्लेख गर्दै सुरक्षा नियमहरूको उल्लङ्घन गर्ने खानी सञ्चालकहरूमाथि राज्य सरकारले कड़ा कारबाही गर्ने चेतावनी दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande