
देहरादून, 0२ जुलाई (हि.स.)। उत्तराखण्डमा लगातार वर्षा भइरहेको छ। मौसम विज्ञान केन्द्रले आज देहरादून, नैनीताल, पौडी, बागेश्वर तथा टिहरी जिल्लाका लागि वर्षा सम्बन्धी ओरेन्ज अलर्ट जारी गरेको छ। वर्षाका कारण गुलाबकोटी नजिक बद्रीनाथ राजमार्ग तथा सोनप्रयाग–मुनकटिया क्षेत्रमा पहाड़बाट ढुंगा खसेपछि केदारनाथ पदयात्रा मार्ग बन्द भएको छ। यस बाहेक बागेश्वर र अल्मोडा जिल्लामा आज विद्यालय तथा आंगनबाडी केन्द्रहरूमा एक दिनको बिदा घोषणा गरिएको छ।
राज्य मौसम विज्ञान केन्द्रका वैज्ञानिक रोहित थपलियालले आगामी दुईदेखि तीन दिनभित्र उत्तराखण्डका बाँकी भागसहित उत्तर–पश्चिम भारतका अन्य राज्यहरूमा पनि मनसून पूर्ण रूपमा सक्रिय हुने जानकारी दिए। राज्य आपदा प्रव्वबंधन प्राधिकरणले सबै जिल्लालाई सतर्क रहन निर्देश दिएको छ। साथै चारधाम यात्रामा रहेका तीर्थयात्रीहरूलाई मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। सर्वसाधारणलाई नदी तथा खोलानालाबाट टाढा रहन पनि अनुरोध गरिएको छ।
रुद्रप्रयाग जिल्लामा केदारनाथ पदयात्रा मार्गअन्तर्गत सोनप्रयाग–मुनकटिया खण्डमा आज बिहान पहाड़बाट ढुंगा खसेपछि मार्ग अवरुद्ध भयो, जसका कारण पैदल यात्रीहरूलाई सावधानीस्वरूप अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रशासन अनुसार, बिहान ९:४४ बजी सोनप्रयाग क्षेत्रका सेक्टर अधिकारीले मुनकटिया क्षेत्रमा ढुंगा खसेको जानकारी दिए। तीर्थयात्री तथा श्रद्धालुहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले तत्काल मार्गमा आवागमन बन्द गर्यो।
जिल्ला आपदा प्रबंधन अधिकारी नन्दन सिंह रजवारले मार्गलाई छिट्टै सञ्चालनमा ल्याउन सम्बन्धित विभागका टोलीहरू जेसीबी मेसिन सहित मलबा तथा ठूला ढुंगा हटाउने कार्यमा तीव्र रूपमा जुटिरहेको बताए।
उनले मार्ग पूर्ण रूपमा सुरक्षित घोषित भएपछि मात्र आवागमन पुनः सञ्चालन गरिने जानकारी दिए। प्रशासनले श्रद्धालुहरूलाई आधिकारिक रूपमा मार्ग खुलेको सूचना नआउँदासम्म प्रतीक्षा गर्न तथा प्रशासनका निर्देशहरूको पालना गर्न आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी