लोकसभा अध्यक्ष ओम बिरलासहित विभिन्न नेताहरूले अमर शहीद क्याप्टेन मनोज कुमार पाण्डेयलाई श्रद्धाञ्जली अर्पण गरे
क्याप्टेन पाण्डेय


नयाँ दिल्ली, 03 जुलाई (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलासहित विभिन्न राजनीतिक नेताहरूले क्याप्टेन मनोज कुमार पाण्डेयको बलिदान दिवसका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। कारगिल युद्धमा राष्ट्रका लागि सर्वोच्च बलिदान दिएका क्याप्टेन पाण्डेयलाई नेताहरूले साहस, राष्ट्रभक्ति र कर्तव्यनिष्ठाको अनुपम प्रतीकका रूपमा स्मरण गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले सामाजिक सञ्जाल एक्समार्फत श्रद्धाञ्जली व्यक्त गर्दै कारगिल युद्धका क्रममा बटालिक क्षेत्रमा क्याप्टेन पाण्डेयले असाधारण साहस, नेतृत्व क्षमता र राष्ट्रप्रतिको समर्पण प्रदर्शन गरेको उल्लेख गरेका छन्। कठिन परिस्थितिमा पनि आफ्ना सहकर्मीहरूको नेतृत्व गर्दै मातृभूमिको रक्षाका लागि उनले दिएको सर्वोच्च बलिदान भारतीय सेनाको इतिहासमा सधैं स्मरणीय रहने उनले बताएका छन्। उनका अनुसार, क्याप्टेन पाण्डेयको जीवन र राष्ट्रप्रतिको समर्पण भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत रहनेछ।

केन्द्रिय मन्त्री शिवराज सिंह चौहानले श्रद्धाञ्जली अर्पण गर्दै मातृभूमिको गौरव रक्षाका लागि प्राण अर्पण गर्ने मनोज कुमार पाण्डेयजस्ता वीर सपूतप्रति देशको प्रत्येक कण सदैव गर्व गर्ने बताएका छन्।

केन्द्रिय मन्त्री अर्जुन राम मेघवालले क्याप्टेन पाण्डेयको अतुलनीय वीरता, अटल राष्ट्रभक्ति र सर्वोच्च बलिदान प्रत्येक भारतीयका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै राष्ट्र सधैं उनीप्रति ऋणी रहने बताएका छन्।

यसैगरी, केन्द्रिय मन्त्री गिरिराज सिंहले देशको सार्वभौमिकता र अखण्डताको रक्षाका लागि क्याप्टेन पाण्डेयले दिएको सर्वोच्च बलिदानले सबैलाई राष्ट्रसेवाको प्रेरणा दिइरहने बताएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले मातृभूमिको रक्षाका लागि उनले देखाएको पराक्रम र सर्वोच्च बलिदान राष्ट्रका लागि सधैं प्रेरणादायी रहने बताएका छन्।

मुख्यमन्त्री रेखा गुप्ताले राष्ट्रको रक्षा र अखण्डताका लागि दिएको सर्वोच्च बलिदान तथा अदम्य साहसले देशवासीलाई सधैं राष्ट्रसेवा र कर्तव्यनिष्ठाप्रति प्रेरित गरिरहने बताएकी छन्।

यसैगरी मुख्यमन्त्री भजनलाल शर्मा र मोहन यादवले पनि क्याप्टेन मनोज कुमार पाण्डेयको बलिदान दिवसमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

आआप नेता अरविन्द केजरीवालले कारगिल युद्धका अमर शहीदको अदम्य साहस र सर्वोच्च बलिदानले देशका प्रत्येक नागरिकलाई सधैं प्रेरणा दिइरहने बताएका छन्।

उल्लेखनीय छ, क्याप्टेन मनोज कुमार पाण्डेयको बलिदान दिवस प्रत्येक वर्ष ३ जुलाईमा मनाइन्छ। उनले सन् १९९९ को कारगिल युद्ध (अपरेसन विजय) का क्रममा बटालिक सेक्टरस्थित खालुबार चोटीलाई पाकिस्तानी घुसपैठियाबाट मुक्त गराउने अभियानको नेतृत्व गर्दै ३ जुलाई १९९९ मा वीरगति प्राप्त गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande