प्रधानमन्त्री मोदीले अमरनाथ तीर्थयात्रा शुरु भएकोमा शुभकामना दिए
मोदी


नयाँ दिल्ली, 03 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले श्री अमरनाथ तीर्थयात्राको शुभारम्भका अवसरमा देश तथा विदेशका सम्पूर्ण शिवभक्तहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले बाबा बर्फानीको दिव्य दर्शनका लागि गरिने यो पवित्र यात्राले सबै श्रद्धालुहरूको जीवनमा सुख, समृद्धि, सौभाग्य तथा उत्तम स्वास्थ्य ल्याओस् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्री मोदीले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत लेखेका छन्, सम्पूर्ण शिवभक्तहरूलाई पावन श्री अमरनाथ यात्राको शुभारम्भका अवसरमा हार्दिक शुभकामना। बाबा बर्फानीको दिव्य दर्शनको यो यात्रा तपाईंहरू सबैको जीवनमा सुख, समृद्धि, सौभाग्य र उत्तम स्वास्थ्य लिएर आओस्। जय बाबा बर्फानी।

यस अवसरमा उनले भगवान अमरनाथको महिमाको वर्णन गर्दै एउटा संस्कृत सुभाषित पनि साझा गरेका छन्-

वाग्बुद्धिचित्तकरणैश्च तपोभिरुग्रैः शक्यं समाकलयितुं न यदीयरूपम्। तं भक्तिभावसुलभं शरणं नतानां नित्यं भजाम्यऽमरनाथमहं दयालुम्॥

यस सुभाषितको भावार्थ अनुसार, भगवान अमरनाथको वास्तविक स्वरूप वाणी, बुद्धि, मन वा कठोर तपस्याको माध्यमबाट पनि पूर्ण रूपमा बुझ्न सकिँदैन। निष्कपट भक्ति र समर्पण भाव भएका श्रद्धालुहरूका लागि मात्र सहज रूपमा प्राप्त हुन्छन्। यस्ता करुणामय भगवान अमरनाथको शरणमा रहँदै उनको नित्य स्मरण र भजन गर्नु नै भक्तका लागि परम सौभाग्य मानिन्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande