रक्सी घोटालाः पूर्व मन्त्री रामेश्वर ओरावका छोरासित ईडीको सोधपुछ जारी
ईडी


रांची, 06 जुलाई (हि.स.)। झारखण्डको चर्चित रक्सी घोटालाको अनुसन्धान प्रवर्तन निदेशनालय (ईडी) ले तीव्र पारेको छ। पूर्व वित्तमन्त्री रामेश्वर ओराँवका छोरा रोहित ओराँव निर्धारित समयमा सोमवार राँचीको हिनू स्थित ईडी क्षेत्रीय कार्यालयमा पुगे, जहाँ उनीसित सोधपुछ शुरु भएको छ।

आधिकारिक सूत्रहरू अनुसार, ईडीले आवश्यक कानूनी औपचारिकता पूरा गरेपछि रोहित ओराँवलाई सोधपुछ गर्न थालेको छ। अनुसन्धान एजेन्सीले उपलब्ध कागजात, वित्तीय लेनदेन र अहिलेसम्म सङ्कलन गरिएका प्रमाणहरूको आधारमा विभिन्न बिँन्दूहरूमा उनीबाट जानकारी सङ्कलन गरिरहेको छ। सोधपुछको केन्द्रबिन्दु कथित वित्तीय लेनदेन र रक्सी घोटालासँग सम्बन्धित अन्य तथ्यहरू हुने विश्वास गरिन्छ।

ईडीको अनुसन्धान झारखण्डमा भएको कथित रक्सी घोटाला र व्यवसायी योगेन्द्र तिवारीको कथित संलग्नतासँग सम्बन्धित मामिलाहरूमा केन्द्रित छ। यस अनुसन्धानको क्रममा एजेन्सीले रोहित ओराँवलाई दोस्रो नोटिस जारी गर्यो, जसमा उनलाई 06 जुलाईमा राँची स्थित क्षेत्रीय कार्यालयमा उपस्थित हुन निर्देश दिइएको थियो।

पूर्व वित्तमन्त्री रामेश्वर ओराँवलाई पनि 07 जुलाईमा सोधपुछको लागि ईडीले बोलाएको छ। एजेन्सीले उनलाई रक्सी घोटाला अनुसन्धानका विभिन्न पक्षहरूमा सोधपुछ गर्नेछ।

यसअघि ईडीले 29 जूनमा रोहित ओराँव र 30 जूनमा रामेश्वर ओराँवलाई पहिलो नोटिस जारी गरेको थियो। यद्यपि, दुवैले व्यक्तिगत कारणहरू उल्लेख गर्दै तीन हप्ताको समय मागेका थिए।

उनीहरूको अनुरोधलाई विचार गरेपछि ईडीले केवल एक हप्ताको समय दिई दोस्रो नोटिस जारी गर्योा, जसमा रोहित ओराँवलाई 06 जुलाईमा र रामेश्वर ओराँवलाई 07 जुलाईमा ईडी कार्यालयमा उपस्थित हुन निर्देश दिइयो।

रोहित ओराँवसित जारी सोधपुछ र मंगलवार रामेश्वर ओराँवको प्रस्तावित पेशी अनुसन्धानमा महत्त्वपूर्ण मानिन्दैछ। ईडीले कथित रक्सी घोटालाको वित्तीय लेनदेन, निर्णय प्रक्रिया र अन्य सम्बन्धित पक्षहरूमा ओराँवको कुनै भूमिका वा ज्ञान थियो कि थिएन भनेर निर्धारण गर्ने प्रयास गरिरहेको छ। अनुसन्धान एजेन्सीले प्रमाणको आधारमा थप कारबाही गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande