
नयाँ दिल्ली, 06 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार तिब्बती आध्यात्मिक गुरू दलाई लामालाई जन्मदिनको शुभकामना दिँदै शान्ति, सद्भाव र विश्वव्यापी कल्याणको सन्देशको प्रशंसा गरे। प्रधानमन्त्रीले उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै भने, उनको नैतिक एवं आध्यात्मिक नेतृत्व विश्वभरिका मानिसहरूका लागि प्रेरणाश्रोत रहेको छ।
प्रधानमन्त्रीले सोशल मीडिया मंच एक्समा आफ्नो सन्देशमा भनेका छन्, परम पावन दलाई लामालाई जन्मदिनको हार्दिक शुभकामना। शान्ति र सद्भावको उनको सन्देश विश्वभरिका मानिसहरूका लागि प्रेरणाको स्रोत बनेको छ। उनको नैतिक र आध्यात्मिक शक्ति र विश्वव्यापी कल्याणप्रतिको उनको प्रतिबद्धता प्रशंसनीय छ। म उनको लामो र स्वस्थ जीवनको कामना गर्दछु।
हिन्दुस्थान समाचार / भवानी थामी