डा. श्यामा प्रसाद मुखर्जीको आदर्शले विकसित भारतको मार्गलाई आलोकित गरिरहेको छ- प्रधानमन्त्री मोदी
श्यामा


नयाँ दिल्ली, 06 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले डा. श्यामा प्रसाद मुखर्जीलाई उनको 125औं जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्दै उनी भारतका सबैभन्दा उल्लेखनीय राष्ट्र-निर्माताहरूमध्ये एक थिए, जसको सम्पूर्ण जीवनले विद्वता, साहस र राष्ट्रिय सेवामा अटल समर्पणलाई मूर्त रूप दिएको बताएका छन्। उनले भने, डा. मुखर्जीको दूरदर्शी सोचले देशलाई विकसित भारततर्फको यात्रामा मार्गदर्शन गरिरहेको छ।

प्रधानमन्त्रीले आज एक्समा लेखेका छन्, डा. श्यामा प्रसाद मुखर्जीले आफ्नो जीवन भारतको एकता, गरिमा र प्रगतिको लागि समर्पित गरे। उनी एक उत्कृष्ट विचारक र शिक्षाविद् थिए, जसले नवाचार र अग्रगामी शिक्षाको समर्थन गरे। प्रधानमन्त्रीले बताए, उद्योग मन्त्रीको रूपमा उनले परम्परागत उद्योग र जीविकोपार्जनको संरक्षणमा जोड दिँदै औद्योगिक आत्मनिर्भरताको लागि बलियो जग बसाले।

प्रधानमन्त्रीले भने, बंगालको अकालको समय डा. मुखर्जीको मानवीय प्रयासहरू उनको संवेदनशीलता र करुणाको प्रमाण थिए। उनले भने, भारतको एकता र अखण्डताप्रतिको उनको अटल प्रतिबद्धता देशवासीहरूका लागि सधैं प्रेरणाको स्रोत रहनेछ। विकसित भारत निर्माणतर्फ अगाड़ी बढ्दै जाँदा उनको दृष्टिकोणले राष्ट्रको मार्गलाई उज्यालो बनाइरहनेछ।

अर्को पोस्टमा प्रधानमन्त्रीले भनेका छन्, भारतको एकता, अखण्डता र आत्मसम्मानको लागि डा. श्यामा प्रसाद मुखर्जीको बलिदानले हरेक पुस्तालाई प्रेरणा दिइरहनेछ। प्रधानमन्त्रीले सुभाषितम् पनि साझा गरे, जयन्ति ते सुकृतिनो रससिद्धाः कवीश्वराः। नास्ति येषां यशःकाये जरामरणजं भयम्॥

यस सुभाषितको अर्थ हो कि महान कार्य गर्नेहरू, विद्वानहरू र महान व्यक्तित्वहरू साँच्चै अमर हुन्छन्। उनीहरूको कीर्ति कहिल्यै कम हुँदैन, न त समय, बुढ्यौली वा मृत्युले यसलाई असर गर्छ। उनीहरूका आदर्श र कार्यहरूले समाजलाई मार्गदर्शन गरिरहन्छन्। यसैकारण राष्ट्रिय हितमा डा. श्यामा प्रसाद मुखर्जीको योगदान आज पनि देशवासीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande