
नयाँ दिल्ली, 0८ जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बिहान सामाजिक सञ्जाल एक्समार्फत एउटा संस्कृत सुभाषितम् साझा गर्दै धैर्य र दृढ़ सङ्कल्पको महत्त्वबारे प्रकाश पारेका छन्। उनले धैर्य कुनै पनि राष्ट्रको सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै यसले कठिनभन्दा कठिन चुनौतीका बीच पनि राष्ट्रलाई एकताबद्ध राख्ने तथा निरन्तर प्रगति, समृद्धि र आत्मनिर्भरताको दिशामा अघि बढ्न प्रेरित गर्ने बताए।
प्रधानमन्त्रीले साझा गरेको श्लोक यस प्रकार छ-चलन्ति गिरयः कामं युगान्तपवनाहताः । कृच्छ्रेऽपि न चलत्येव धीराणां निश्चलं मनः ॥
उनले यस श्लोकको अर्थ स्पष्ट पार्दै भने, प्रलयकालको भीषण आँधीले विशाल पर्वतहरूलाई समेत आफ्नो स्थानबाट हल्लाउन सक्छ, तर धैर्यवान, साहसी र दृढ़ सङ्कल्प भएका व्यक्तिको मन भने कठिनभन्दा कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्य र सङ्कल्पबाट कहिल्यै विचलित हुँदैन।प्रधानमन्त्रीले यो श्लोकले प्रतिकूल परिस्थितिमा पनि मानसिक सन्तुलन कायम राख्दै सत्यको मार्ग र आफ्नो सङ्कल्पमा अडिग रहन प्रेरणा दिने सन्देश दिएको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी