सकारात्मक सोच नै सफलताको वास्तविक कुञ्जी : प्रधानमन्त्री मोदी
मोदी


नयाँ दिल्ली, 09 जुलाई (हि.स.)। प्रधानमन्त्रीले दृढ़ विश्वास, निरन्तर प्रयास र सकारात्मक सोच नै सफलताको वास्तविक कुञ्जी भएको बताएका छन्। उनले यिनै गुणका साथ देशका युवाहरू पूर्ण समर्पणभावका साथ विकसित भारत निर्माणको अभियानमा जुटिरहेको विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल एक्समा एउटा सुभाषित साझा गर्दै लेखेका छन्- अनिर्वेदः श्रियो मूलमनिर्वेदः परं सुखम्। अनिर्वेदो हि सततं सर्वार्थेषु प्रवर्तकः॥

यस श्लोकको अर्थ निराश नहुनु, आत्मबल कायम राख्नु र उत्साहका साथ निरन्तर प्रयासरत रहनु नै समृद्धिको मूल आधार हो भन्ने हो। यही नै साँचो सुख प्राप्त गर्ने मार्ग पनि हो। जो व्यक्ति कहिल्यै हतोत्साहित हुँदैन र सकारात्मक सोचका साथ निरन्तर कर्मरत रहन्छ, उसले जीवनका प्रत्येक लक्ष्यमा सफलता प्राप्त गर्न सक्छ।

प्रधानमन्त्री मोदीले देशका युवाहरू दृढ़ विश्वास, अथक परिश्रम र सकारात्मक दृष्टिकोणका साथ विकसित भारतको संकल्प साकार पार्न महत्वपूर्ण भूमिका खेलिरहेका बताए। उनका अनुसार, दृढ़ संकल्प र निरन्तर प्रयासले नै व्यक्तिलाई सफलताको शिखरसम्म पुर्याउँछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande