
पश्चिम मेदिनीपुर, 17 अगस्त (हि. स.)। जिल्लाको घाटाल थाना अन्तर्गत रानीर बजार क्षेत्रमा पछिल्लो लामो समयदेखिकै देह व्यापार हुँदै आएको आरोप उठेको छ। स्थानीय मानिसहरूको सिकायतपछि गए आइतवार साँझ पुलिसले एउटा घरमा अभियान चलाएर एकजना युवक र युवतीलाई हिरासतमा लियो।
स्थानीय मानिसहरूले आरोप लगाए, घरको कोठालाई केही समयसम्मको लागि युवक-युवतीलाई भाड़ामा दिइएको थियो। कैयौं पटक आपत्ति जनाउँदा पनि स्थिति जस्ता-तस्तै रह्यो। आइतवार पाँशकुड़ाबाट एकजना युवती आफ्नो साथीलाई लिएर त्यहाँ पुगी। ग्रामीणहरूले घरलाई घेरेर पुलिसलाई सूचना दिए। त्यसपछि पुलिसले घटनास्थलमा पुगेर दुवैलाई थानामा लग्यो।
पुलिस अनुसार युवक-युवतीले घर मालिकको परिवारलाई आफ्नो सम्बन्धको बारेमा कुनै प्रमाण दिन सकेन। रुपियाँको सट्टा कोठा प्रयोग गरेको कुरा सामु आएको छ। घरमा देह व्यापार भइरहेको थियो कि थिएन, यसमा अन्य मानिसहरू सामेल छन् कि छैनन्, यसको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा