ऱ्याली र साहित्यिक कार्यक्रमका साथमा तीनधारेमा भाषा मान्यता दिवस सामरोह पालन गरिने
Bhasa manyata diwas


खरसाङ, 18 अगस्त (हि.स.)। यसपाली तीनधारेमा गौरव मञ्च तीनधारेको आयोजनामा 34औँ भाषा मान्यता दिवस सामरोह सम्पन्न हुने भएको छ। यस विषयमा गौरव मञ्च तीनधारेका सचिव सुप्रेम छेत्रीले एउटा भिडियो जारी गर्दै नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएर मान्यता पाएकोमा खुशी मनाउन तीनधारेमा यसपाली 34 औं भाषा मान्यता दिवस सामरोह आयोजना गरिने बताए।

उनले दिएको जानकारी अनुसार, आगामी 20 अगस्तको दिन भाषा मान्यता दिवसको अवसरमा बिहान 10 बजीदेखि तीनधारेको रेलवे कारखानादेखि ब्लु डाईमाण्ड अंग्रेजी स्कूल परिसरसम्म ऱ्यालीको आयोजना गरिने छ। त्यसपछि महात्मा गान्धी हलमा साहित्यिक कार्यक्रमको साथमा भाषा मान्यता दिवस पालन गरिने छ। उक्त कार्यक्रममा नेपाली भाषा मान्यताको लागि योगदान दिने तीनधारेका भाषा संग्रामीहरुलाई सम्मान पनि जनाइने छ।

गौरव मञ्च तीनधारेका सचिव सुप्रेम छेत्रीले थप जानकारी गराए अनुसार उक्त कार्यक्रममा तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरु, विभिन्न विद्यालयहरु, प्राथमिक पाठशालाहरु, शिक्षक शिक्षिकाहरु , साहित्यिक र सामाजिक व्यक्तित्वहरु साथै बुध्दीजीविहरु सबैलाई बोलाइएको जानकारी गराएका छन्। उनले यस कार्यक्रममा सबैलाई उपस्थितिको लागि आह्वान् गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande