
खरसाङ, 18 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कोर कमिटीको सांगठनिक सभा आज पार्टी महकुमा कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा चुनाउ परिणामपछि पहिलोपटक आयोजना गरिएको हो।
खरसाङ टाउन कमिटीका नवनियुक्त अध्यक्ष बीरबल पाख्रीनकोे अध्यक्षतामा सम्पन्न भएको सभामा टाउन कमिटीका उपाध्यक्ष सन्तोष परीले आफ्नो वक्तव्यमा हिजाे पनि अनित थापा तथा कर्म नै सिद्धान्तलाई अप्नाएर सँगै थियौं र भोलि पनि रहने छौं भनी बताए।
सभामा टाउन कमिटीका कार्यकारीणी सदस्य किरन छेत्रीकोे बाहुलीबाट टाउन कमिटीका नवनियुक्त मूल सचिव राजु सेवालाई खदा लगाएर स्वागत जनाइयो। सभामा टाउन कमिटीका उपाध्यक्ष रञ्जन गजमेर, कार्यकारीणी सदस्य महिपाल खाती, आनन्द गुरुङ, कमल सिलवाल लगायत नवनियुक्त मूल सचिव राजु सेवाले सम्वबोधन गरे। उनले भने, जो जति गए उनीहरु पहेंलो पात थिए र उनीहरुले केही पाउँछु भनेर गएका होलान्। तर आज जो यहाँ जति छन् यी सबै पार्टी अध्यक्ष अनित थापाकाे कार्यशैली, सिद्धान्तलाई ह्रदयबाट अप्नाएको बताए। खरसाङ महकुमा समितिकोे परामर्शमा वार्ड नम्बर 17 निवासी कुनाल छेत्रीलाई टाउन कमिटीमा सांगठनिक सचिवकाे पदभार नियुक्ति पत्र प्रदान गरियो। सभालाई सभाध्यक्ष टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रीनले पनि सम्बोधन गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / हनोक