
कोलकाता, 17 अगस्त (हि.स.)। तृणमूल कङ्ग्रेसको महासचिव औ सांसद अभिषेक ब्यानर्जीले आफ्नो व्यक्तिगत खाताहरूलाई फ्रीज गरिदिएको मामिलामा कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाएका छन्। उनले खाता फ्रीज गरिएको विरोधमा तत्काल सुनवाई गर्ने माग गरेका छन्। सोमवार अभिषेक ब्यानर्जीका वकिल अयन भट्टाचार्यले न्यायमूर्ति कृष्ण राव समक्ष मामिलाको उल्लेख गरे।
अभिषेकका वकिलले अदालतलाई बताए, सांसदलाई चाँड़ नै उपचारको निम्ति विदेश जानुछ। विदेश यात्रापूर्व उनको व्यक्तिगत ब्याङ्क खाताहरूलाई फ्रीज गरिदिएको छ। वकिलको दाबी छ, ब्याङ्कले खाता फ्रीज गर्नुको कुनै कारण बताएको छैन।
वकिलको तर्क सुनेपछि न्यायमूर्ति रावले मामिला दर्ता गर्ने अनुमति दिए। अदालतले यो पनि जान्ने इच्छा व्यक्त गऱ्यो, के अभिषेक ब्यानर्जीविरूद्ध कुनै जाँच भइरहेको छ? जसको जवाफमा उनका वकिलले भने, अभिषेकले अदालतको निर्देश अनुसार जाँचमा सहयोग गरिरहेका छन्। उनले दाबी गरे, जाँचमा सहयोग गर्नु र ब्याङ्क खाता फ्रीज गर्नुमाझ कुनै सम्बन्ध छैन।
त्यसपछि न्यायमूर्ति रावले मामिलासित सम्बन्धित अन्य पक्षहरूलाई नोटिस जारी गर्ने निर्देश दिए। मामिलाको अग्रिम सुनवाई आगामी बुधवार हुनेछ।
यसअघि पछिल्लो सोमवार सुप्रीम कोर्टले अभिषेक ब्यानर्जीलाई उपचारको निम्ति विदेश जाने अनुमति दिएको थियो। शीर्ष अदालतले भनेको थियो, उनले तीन सप्ताहको लागि विदेशमा गएर उपचार गराउन सक्नेछन्। उनको विदेश यात्रामा कुनै पनि प्रकारको बाधा दिइनेछैन।
विदेश जाने अनुमतिको लागि अभिषेकले पहिला कलकत्ता हाई कोर्टमा याचिका दर्ता गरेका थिए जसलाई खारेज गरिएको थियो। त्यसपछि उनले गत 7 अगस्तको राती सुप्रीम कोर्टको ढोका ढक्ढकाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा