16 वर्षपछि असममा आजदेखि जनगणनाको प्रथम चरम शुरू
16 वर्षपछि असममा आजदेखि जनगणनाको प्रथम चरम शुरू


गुवाहाटी, 17 अगस्त (हि.स.)। 16 वर्षको अन्तरालपछि असममा सोमवारदेकि जनगणनाको प्रथम चरणको गणना शरू भयो। प्रथम चरणको गणना आगामी 15 सेप्टेम्बरसम्म चल्नेछ।

यस चरणमा अधिकारहरूले घरहरूको स्थितिसँगसँगै घरमा रहेको सबै सम्पत्ति तथा उपयोग गरिने वस्तुहरूको विवरण दर्ता गर्नेछन्। गणनाकर्मीले प्रत्येक परिवारको मुखियासित निर्धारित 33 वटा प्रश्नहरू सोध्नेछन्।

जनगणनाको दोस्रो चरणमा जनसङ्ख्याको गणना गरिनेछ। जनगणना निदेशक विश्वजीत पेगूले सोमवार एक सम्वाददाता सम्मेलनमा यस आशयको जानकारी दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande