
गुवाहाटी, 17 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले ब्रह्मपुत्र उपत्याकामा बसोबास गर्ने देशका बाहिरी राज्यहरूका मानिसहरूसित अपील गरेका छन्, उनीहरूले जनगणनामा आफ्नो पहिचान असमियाको रूपमा दर्ता गराउन्। उनले भने, असमलाई आफ्नो मातृभूमि मान्ने मानिसहरूले जनगणनामा असमिया लेखुन्। मुख्यमन्त्रीे आज लोकसेवा भवनमा सम्वाददाता सम्मेलनलाई सम्बोधन गरिरहेका थिए।
मुख्यमन्त्रीले कृषि क्षेत्रसित जोड़िेका शिक्षित बेरोजगार युवाहरूलाई प्रोत्साहित गर्नको लागि यस वर्षदेखि मुख्यमन्नत्री किसान उत्कर्ष पुरस्कार शुरू गर्ने घोषणा गरे। यस वर्ष 1,000 उदियमान किसानहरूलाई सम्मानित गरिनेछ साथै उनीहरूलाई कृषि विभागका विभिन्न योजनाहरूसित जोड़िनेछ। आगामी पाँच वर्षमा कृषि क्षेत्रसित जोड़िएका 10,000 शिक्षित युवाहरूलाई यस पुरस्कारको घेरामा ल्याउने लक्ष्य राखिएको छ।
मुख्यमन्त्रीले आगामी पाँच वर्षमा राज्यमा दुई लाख सरकारी पदहरूमा नियुक्ति गर्ने लक्ष्यको पनि घोषणा गर्दै भने, सरकारले नयाँ पदहरू सृजना गर्नको साथै रिक्त पदहरूलाई भर्नेमाथि पनि बल दिनेछ। नियुक्ति प्रक्रिया वर्ष 2027-देखि शुरू गरिनेछ।
डा. सरमाले भने, सरकारी विभागहरूमा पदोन्नतिको माध्यमबाट पनि रिक्तता सृजना गर्ने प्रयास गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा