चुराचाँदपुरमा 4.7 करोड़ रुपियाँको हेरोइन जफत
चुराचाँदपुरमा 4.7 करोड़ रुपियाँको हेरोइन जफत


चुराचाँदपुर (मणिपुर), 17 अगस्त (हि.स.)। असम राइफल्सले चुराचाँदपुर महिला पुलिससित संयुक्त अभियान सञ्चालन गरी चुराचाँदपुर जिल्लास्थित एक संदिग्ध घरमा खानतलासी गऱ्यो

असम राइफल्सका अधिकारीहरूले आज बताए, अभियानमा 197 वटा साबुनदानीमा लुकाएर राखिएको लगभग 2.364 किलोग्राम हेरोइन जफत गरियो। यसको अनुमानित बजार मूल्य 4.7 करोड़ रुपियाँ रहेको छ। असम राइफल्सको सूत्रले बताएको छ, यो अभियान बितेको 14 अगस्तमा सञ्चालन गरिएको थियो। तथापि यसको खुलासा आज गरिएको हो।

कारबाहीमा काङ्गपोकपी जिल्लाको लेइकोट गाउँ निवासी पाओटिन माङ्ग थाउथाङ्गकी पत्नी नेमेइहोल थाउथाङ्गलाई पक्राउ गरियो। जफत गरिएको मादक पदार्थ तथा आरोपीलाई अग्रिम कानूनी कारबाहीको लागि पुलिसलाई सुम्पिइएको छ। अधिकारीहरू अनुसार यस कारबाहीबाट क्षेत्रमा सक्रिय अवैध मादक पदार्थको नेटवर्कलाई ठूलो झट्का लागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande