
गुवाहाटी, 17 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बाढ़ी प्रभावित मानिसहरूका लागि केही महत्वपूर्ण घोषणा गरे। मुख्यमन्त्रीले सोमवार लोकसेवा भवनमा सम्वाददाता सम्मेलनलाई सम्बोधन गरिरहेका थिए।
मुख्यमन्त्री डा. सरमाले माथिल्लो असमका चार वटा जिल्लाहरूका बाढ़ी प्रभावित परिवारहरूको लागि दोस्रो चरणको आर्थिक सहायता जारी गरे। यस चरणमा 31,951 परिवारहरूलाई 15-15 हजार रुपियाँको प्रत्यक्ष सहायता दिइनेछ। अहिलेसम्मममा मोठ 96,842 परिवारहरूलाई सरकारको पक्षबाट यो सहायता राशि दिसकिएको छ।
मुख्यमन्त्रीले बताए, बाढ़ीमा घर, वाहन तथा अन्य सम्पत्तिहरूको बीमा गराउने 170 जना मानिसहरूले बीमाको राशि पनि पाइसकेका छन् भने 1,598 जना मानिसहरूले बीमा राशिको लागि आवेदन गरेका छन्।
डा. सरमाले भने, माथिल्लो असममा बाढ़ी प्रभावित मानिसहरूलाई दुर्गा पूजापूर्व क्षतिपूर्ति उपलब्ध गराइनेछ। प्रारम्भिक मूल्याङ्कनमा लगभग 480 करोड़ रुपियाँ क्षति भएको जानकारी प्राप्त भएको छ। विस्तृत मूल्याङ्कन गरिएपछि यो नोक्सान 1,000 करोड़ रुपियाँभन्दा अधिक हुने सम्भावना छ।
यसरी नै गत 15 अगस्तको दिन कङ्ग्रेस मुख्यालयमा ‘वन्दे मातरम्’- को कथित अपमान गरेको मुद्दामा प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्रीले आरोप लगाए, कङ्ग्रेसले सदैव भारतलाई अस्थिर बनाउने षड़यन्त्र रच्छ।
सरकारी कर्मचारीहरूको बहुविवाहको मुद्दामा मुख्यमन्त्रीले कड़ा चेताउनी दिए। उनले भने, बहुविवाहमा सामेल सरकारी कर्मचारीहरूविरूद्ध विभागीय जाँच गरिनेछ। उनले यो पनि भने, यदि यस्ता कर्मचारीकी पहिलो पत्नीले आवेदन गरे तथा उनीहरूको तलाक भएको छैन भने पत्नीलाई पतिको वेतनबाट 20 प्रतिशत भाग दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा