बालुरघाटमा 18 अगस्तदेखि रोजगार मेला, 100भन्दा अधिक कम्पनीहरू सामेल हुने सम्भावना
बालुरघाटमा 18 अगस्तदेखि रोजगार मेला, 100भन्दा अधिक कम्पनीहरू सामेल हुने सम्भावना


दिनाजपुर, 17 अगस्त (हि.स.)। दक्षिण दिनाजपुर जिल्लाको बालुरघाट स्टेडियममा 18 अगस्तको दिन रोजगार मेला वा स्किल मेला आयोजना भइरहेको छ। देशका विभिन्न भागहरूबाट केही जब प्रोभाइडर तथा कम्पनीहरूले यस मेलामा भाग लिनेछन्। दक्षिण दिनाजपुर जिल्लासँगसँगै छिमेकी जिल्लाहरू तथा नोकरीको निम्ति इच्छुक उत्तर बङ्गालका युवक-युवतीहरूलाई पनि यस मेलामा सामेल हुने अपील केन्द्रिय शिक्षा राज्यमन्त्री तथा बालुरघाटका सांसद सुकान्त मजुमदारले गरेका छन्।

सोमवार जारी एक भिडियो सन्देशमा सुकान्त मजुमदारले भने, यस रोजगार मेलामा 100 भन्दा अधिक कम्पनीहरू सामेल हुने सम्भावनना छ। विभिन्न कम्पनीहरूको स्टलमा नोकरीका निम्ति इच्छुक उम्मेद्वारहरूको योग्यता, दक्षता तथा क्षमताको मूल्याङ्कन गरिनेछ। त्यसपछि उनीहरूको योग्यता अनुरूप विभिन्न क्षेत्रहरूमा रोजगारको अवसर उपलब्ध गराउने प्रयास गरिनेछ।

दक्षिण दिनाजपुर जिल्लालाई रोजगार मेला आयोजनको निम्ति चयन गरिएकोमा सुकान्त मजुमदारले केन्द्रिय कौशल विकास एवं उद्यमिता मन्त्री जयन्त चौधरीप्रति आभार व्यक्त गरे।

उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणाले यस रोजगार मेलाको आयोजन गरिँदैछ। आगामी दिनमा नोकरीको निम्ति इच्छुक लगभग एक करोड़ युवक-युवतीहरूलाई आर्टिफिशियल इन्टेलिजेन्स (एआई) सहित आधुनिक तकनिकहरूमा प्रशिक्षित गर्ने पहल गरिएको छ। यसरी नै रोजगार मेलाको माध्यमबाट युवाहरूको कौशल विकास हुनेछ अनि उनीहरूको लागि रोजगारको नयाँ अवसर उत्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande