बलोच लिबरेशन आर्मीले पाकिस्तानका २६ सैन्य अधिकारी मारेको दाबी
पाकिस्तान की सेना ने पंजगुर में जगह-जगह कंटीले तार लगाकर सड़कें बंद कर दी हैं। फोटो - द बलोचिस्तान पोस्ट


इस्लामाबाद, १७ अगस्त (हि.स.)। पाकिस्तानबाट बलोचिस्तानलाई स्वतन्त्र गराउने उद्देश्यले सशस्त्र अभियान सञ्चालन गर्दै आएको संगठन बलोच लिबरेशन आर्मी (बीएलए) ले पाकिस्तानी सेनालाई ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ। बीएलएका प्रवक्ता जैंद बलोचले सञ्चारमाध्यमलाई पठाएको विज्ञप्तिमा पाकिस्तानी सेनाविरुद्ध गरिएको कारबाहीमा आठ दिनको अवधिमा २६ जना सैन्य अधिकारी मारिएको दाबी गरेका छन्।

‘द बलोचिस्तान पोस्ट’ को रिपोर्टअनुसार, पाकिस्तानी सेनाले पछिल्ला दिनमा सोराब र पन्जगुरमा सर्वसाधारण तथा कैदीहरूको हत्या गरेको आरोप लगाउँदै बीएलएले त्यसको बदला लिएको जनाएको छ। जैंद बलोचले १६ अगस्त साँझ जारी गरेको विज्ञप्तिमा विद्रोहीहरूले ९ देखि १६ अगस्तसम्म २२ वटा अलग-अलग स्थानमा पाकिस्तानी सेना तथा सुरक्षा दस्ताका ठेगानामाथि हमला गरेको बताएका छन्।

उनका अनुसार, ती आक्रमणमा २६ जना सैन्य अधिकारी मारिएका छन् भने सुरक्षा दस्ताका एक सदस्यलाई जीवितै नियन्त्रणमा लिइएको छ। विद्रोहीहरूले पुलिस चौकी, सुरक्षा पोस्ट तथा केही पुलहरूमा विस्फोट गराउनुका साथै नौवटा सरकारी सवारीसाधनसमेत ध्वस्त पारेको दाबी गरिएको छ। झड़पका क्रममा बीएलएका दुई जना कमान्डर पनि मारिएको जनाइएको छ।

बीएलएले उक्त अवधिमा सैन्य शिविर तथा पुलिस चौकीबाट ठूलो संख्यामा हतियार कब्जामा लिएको दाबी गरेको छ। १२ अगस्त दिउँसो चगाईमा रहेको चेथर पुलिस चौकीमा विस्फोट गराइएको तथा सोही दिन राति कलातको रुडिन्जो क्षेत्रमा सैन्य सवारीसाधनमाथि गरिएको आक्रमणमा १७ जना अधिकारी तथा सैनिक मारिएको दाबी गरिएको छ।

यसैबीच, रिपोर्टअनुसार पाकिस्तानी सेनाले सोमबार बिहान मस्तङ र खुजदारी क्षेत्रमा हेलिकोप्टरबाट गोलाबारी गर्नुका साथै ड्रोन प्रयोग गरेको छ। क्वेटामा अफगान सेनाका एक पूर्व कमान्डरको गोली लागेर मृत्यु भएको पनि जनाइएको छ। स्थानीय स्रोतका अनुसार, ड्रोन आवासीय क्षेत्रमा प्रहार गरिएको दाबी गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande