नेपालमा भएको साम्प्रदायिक हिंसाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
नेपाल का गृह मंत्रालय में आज सुरक्षा समिति की बैठक आयोजित की गई


काठमाडौं, १८ अगस्त (हि.स.)। नेपालका सुनसरी जिल्लाको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको साम्प्रदायिक हिंसाको छानबिन गर्न गठित सरकारी समितिहरूले आफ्नो अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएका छन्।

देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच गत २६ जुलाईमा भएको झडपको प्रभाव मधेस प्रदेशका अन्य क्षेत्रमा समेत परेको थियो।

कप्तानगञ्जमा भएको झडपका क्रममा तीन जनाको मृत्यु भएको थियो। सुनसरीमा गोली लागेर कप्तानगञ्ज निवासी ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको थियो।

त्यस्तै, सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। सरकारले दुवै घटनाको छुट्टाछुट्टै छानबिन गर्न समिति गठन गरी स्थलगत अध्ययन तथा अनुसन्धान गराएको थियो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले दुवै समितिले मंगलबार गृहमन्त्री सुदन गुरुङलाई आफ्नो प्रतिवेदन बुझाएको जानकारी दिएका छन्। उनले भने, “दुवै समितिको छानबिन प्रतिवेदन प्राप्त भएको छ। प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्ष तथा सिफारिसहरूको अध्ययन भइरहेको छ।”

कप्तानगञ्ज घटनाको छानबिन गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले गरेको थियो। त्यस्तै, सिरहाको गोलबजार घटनाको छानबिन गृह मन्त्रालयका अर्का सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित समितिले गरेको थियो। दुवै समितिले आवश्यक सिफारिससहित आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande