
नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी)- द्वारा आयोजित तिरङ्गा यात्रामा भाग लिइन्। उनले भनिन्, तिरङ्गा यात्रामा सामेल हरेक दिल्लीवासीले आज कनट प्लेसलाई देशभक्तिको रङ्गमा रङ्गाइदिए। युवाहरूको हातमा गर्वले फहरिरहेको तिरङ्गा तथा एकसाथ गुञ्जिएको ‘वन्दे मातरम्‘ यस्तो दृश्य थियो जसले असङ्ख्य वीरहरूको त्याग, बलिदान र देशका लागि उनीहरूको समर्पणलाई हामी सबैको हृदयमा पुनः जीवन्त बनाइदियो।
मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गरी भनिन्, दिल्ली स्वतन्त्रता सङ्ग्रामका अनेकौं निर्णायक अध्यायको केन्द्र रहिआएको छ भने स्वतन्त्र भारतको विकास यात्राको साक्षी पनि। आज त्यही दिल्लीका नयाँं पिँढ़ीहरू तिरङ्गा बोकेर, राष्ट्र गौरवको त्यै भावलाई अगाड़ि बढ़ाउँदै कदममा कदम मिलाएर हिँड़े। उनले भनिन्, यस अविस्मरणीय तिरङ्गा यात्रामा एनडीएमसी अध्यक्ष मनोज कुमार द्विवेदी, उपाध्यक्ष कुलजीत चहल, एनडीएमसीका अधिकारी औ व्यापक रूपमा युवा साथीहरू सामेल भए।
मुख्यमन्त्रीले भनिन्, सारा देशमा स्वतन्त्रता दिवस तथा योसित सम्बन्धित 'हर घर तिरङ्गा' उत्सव मनाइयो। यसबाट साबित भयो कि तिरङ्गा हाम्रो सम्मान, प्रतिष्ठा औ गौरवको प्रतीक हो; यो हाम्रो हृदयमा बस्छ तथा हाम्रो गर्वलाई दर्शाउँछ। हरेक नागरिकको 'जय भारत माता'- को गुञ्जयमानबीच यो सङ्कल्प लिइयो कि विकसित भारतको सपना एउटा सङ्कल्प मात्र होइन, सारा देश, सबै सरकार तथा हरेक नागरिकले 'मिशन मोड'- मा यस कामको लागि आफूलाई समर्पित गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा