ड्रग माफियाले डिमा हसाओका पुलिस अधिकारीको सुनियोजित ढङ्गमा हत्या गऱ्योः मुख्यमन्त्री
ड्रग माफियाले डिमा हसाओका पुलिस अधिकारीको सुनियोजित ढङ्गमा हत्या गऱ्योः मुख्यमन्त्री


गुवाहाटी, 17 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, डिमा हसाओ जिल्लाको लाइसोङ्ग पुलिस थानाका प्रभारी अधिकारी नवजीत दासको ड्रग्स माफियाले सुनियोजित ढङ्गमा हत्या गरेको थियो। मुख्यमन्त्रीले आज सम्वाददाता सम्मेलनलाई सम्बोधन गरिरहेका थिए।

मुख्यमन्त्रीले भने, यस सम्बन्धमा पुलिससित विश्वसनीय जानकारी छ। घटनाको द्रूत गतिमा जाँच भइरहेको छ। उनले भने, ड्रग्स माफियाले पुलिस अधिकारीको वाहनले कुल्चिएर हत्या गरेको घटनाले यो साबित गर्छ कि ड्रग्स विरोधी लड़ाईँमा सरकार समक्ष कति ठूलो चुनौती उभिएको छ।

मुख्यमन्त्रीले भने, यस ममिलाका मास्टरमाइण्ड सेलिमुद्दीन इस्लालाई पक्राउ गरिसकिएको छ। उनले भने, “हामी ड्रग्सविरूद्ध अगाड़िबाटै लड़िरहेका छौं भने भविष्यमा पनि लड़िरहनेछौं।”

मुख्यमन्त्रीले सोशल मीडियामा उनलाई दिइएको हत्या गर्ने धम्कीमाथि पनि प्रतिक्रिया व्यक्त गर्दै भने, असम पुलिसले उनलाई पूर्ण सुरक्षा दिनेछ। यस किसिमको धम्की समय-समयमा आइरहन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande