ओडिशामा बाढ़ीको स्थिति गम्भीर, बैतरणी, जलका र सालन्दी नदी खतराको निशानदेखि माथि
ओडिशामा बाढ़ीको स्थिति गम्भीर, बैतरणी, जलका र सालन्दी नदी खतराको निशानदेखि माथि


भुवनेश्वर, 17 अगस्त (हि.स.)। ओडिशाका केही भागहरूमा सोमवार बाढ़ीको स्थिति गम्भीर भएको छ। यहाँका बैतरणी, जलका र सालन्दी समेत केही नदीहरू खतराको निशानदेखि माथि वा त्यसको नजिकैबाट बगिरहेका छन्। यसबाट भद्रक, बालेश्वर, जाजपुर, क्योंझर औ केन्द्रापड़ा जिल्लाका केही गाउँ, कृषि भूमि एवं सड़क जलमग्न भएका छन्।

बालेश्वर जिल्लामा सुवर्णरेखा नदी बिहान लगभग 4 बजे स्थिर भएपछि 6 बजेदेखि फेरि बढ़्न थाल्यो। तथापि नदी अहिले खतराको निशानदेखि तल बगिरहेको भए पनि बाढ़ीको पानीले केही गाउँंहरूलाई घेरिसकेको छ। सड़क, आवासीय क्षेत्र तथा सयकड़ौं हेक्टर कृषि भूमि जलमग्न भएको छ। केही स्थानहरूमा आवागमनको लागि नौकाको सहारा लिन परिरहेको छ। बलियापाल ब्लकका आठ वटा पञ्चायत अधिनस्थ 30 वटाभन्दा अधिक गाउँहरू अहिले पानीमा डुबेका छन्।

जलका नदी मथानीमा खतराकेो निशानदेखि माथि बगिरहेको छ। यहाँ खतराको स्तर 5.50 मीटर छ भने बिहान 6 बजे नदीको जलस्तर 6.52 मीटर दर्ता गरियो। नदीको बढ़्दो जलस्तरबाट बस्ता ब्लकका 10 अनि बालेश्वर सदर ब्लकका 2 वटा पञ्चायतहरू अधिनस्छ 100भन्दा अधिक गाउँहरू प्रभावित भएका छन्।

बुढाबलङ्ग नदीको जलस्तर पनि बढ़िरहेको छ भने यो चेताउनी स्तरको नजिकमा पुगेको छ। यसको एक दिनअघि बालेश्वरका तीनै प्रमुख नदीहरू खतराको निशानदेखि तल बगिरहेका थिए।

भद्रक जिल्लाको सालन्दी नदीले राजघाटमा खतराको निशालाई पार गरेको छ। यहाँ खतराको स्तर 17 फुट छ भने बिहान 6 बजे जलस्तर 17.70 फुट दर्ता गरियो।

अखुआपदा नजिक बैतरणी र सालन्दी दवै नदी खतराको निशानदेखि माथि बगिरहेका छन् जसबाट भण्डारीपोखरी र धामनगर ब्लकका केही क्षेत्रहरू प्रभावित भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande