
खरसाङ, 17 अगस्त (हि.स.)। 1986 सालमा स्थापना भएको हरिजन कल्याण समितिका सदस्यहरूकोे उपस्थितिमा आज खरसाङमा सम्वर्काद्धना र्यक्रम सम्पन्न भयो। समितिका वरिष्ठ सदस्य चन्द्रदेव राउतकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम विगत 40 वर्षदेखि समिति अनि समितिका सदस्यहरूलाई मार्गदर्शन गर्दै आएका तीनजना वरिष्ठ सदस्य क्रमशः रामु राउत, जगलाल राउत अनि राजकुमारी राउतलाई सम्मान जनाइयो।
कार्यक्रमकाे प्रथम चरणमा बाबा साहेब डा भीमराव अम्बेडकरकोे फोटो फ्रेम अघि वरिष्ठ सदस्यहरुको बाहुलीबाट द्वीप प्रज्वलन अनि पुष्प अर्पन गरी जय भीमकोे नारासंगै कार्यक्रम आरम्भ गरियाे। कार्यक्रममा सदस्या सरिता बैनीले स्वागत भाषण राखेका थिइन्। समिति भवनमामा आयोजित कार्यक्रममा समितिका महिला सल्लाहकार सुनु राउत अनि उपस्थित अतिथि लक्की राउतकोे बाहुलीबाट प्रथम राजकुमारी राउत द्वितीयमा पूर्व अध्यक्ष भोला राउत अनि उपाध्यक्ष कुमार हरीजनको बाहुलीबाट जगलाल राउतलाई अनि सभाध्यक्ष चन्द्रदेव राउत अनि गणेश राउतकोे बहुलीबाट रामु राउतलाई सम्मानित गरियो।
कार्यक्रममा समिति अध्यक्ष विजय राउत, भोला राउत अनि रामु राउतले आ-आफ्नाे वक्तव्य राखे भने समिति सदस्यकोे तर्फबाट नृत्य प्रस्तुत गर्ने नानीहरूलाई प्रोत्साहन स्वरुप मायाकाे चिन्ह प्रदान गरियो।
हिन्दुस्थान समाचार / हनोक