
नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। दिल्लीका विकास मन्त्री कपिल मिश्राले भने, सरकारले मण्डीहरूको आधुनिकीकरण तथा बुनियादी सुविधाहरूलाई श्रेष्ठ बनाउनको लागि द्रूत गतिमा काम गरिरहेको छ। उनले भने, श्रमिकहरूलाई भोजन एवं पोषण सहित सुस्वास्थ्य राख्नको लागि सरकार तत्पर छ। आजादपुर मण्डीमा अटल क्यान्टिनसितै आयुष्मान आरोग्य मन्दिर पनि शुरू गरिँदैछ। यसबाट मण्डीमा काम गर्ने मानिसहरूलाई भोजन एवं स्वास्थ्य दुवै सुविधा उपलब्ध हुनेछ।
मन्त्री कपिलले आज एक बयान जारी गरी भने, 'विकसित भारत 2047' औ 'विकसित दिल्ली' सङ्कल्पलाई पूरा गर्नको लागि दिल्ली अब नयाँ ऊर्जा र नयाँ गतिको साथमा जुट्नेछ। यसै क्रममा गए आइतवार सय वटा अटल क्यान्टिन बनाउने सङ्कल्पलाई पूरा गरिएको छ। आजादपुर मण्डीमा पनि दुई वटा अटल क्यान्टिनको लोकार्पण गरियो। उनले भने, मण्डीहरूमा सीसीटीभी क्यामरो व्यवस्था गरिनेछ ताकि मण्डी परिसरमा पशुहरू भित्र नपसोस्।
कपिल मिश्राले भने, मण्डीमा सीवर व्यवस्थालाई उन्नत बनाउनको लागि बोर्ड बैठकमा प्रस्ताव राखिएको छ। भत्किएको सड़कको मरम्मत गराइनेछ। मण्डीमा प्रवेश गर्ने गेटमा अनलाइन एन्ट्रीको व्यवस्था गर्ने दिशामा काम गरिँदैछ। उनले बताए, वाहनहरूको वजनको प्रक्रियालाई पनि तकनिकसित जोड़्ने प्रयास गरिँदैछ ताकि मण्डीमा प्रवेश गर्दा वाहनको वजन गर्न सकियोस् अनि सम्पूर्ण व्यवस्थालाई अधिक व्यवस्थित एवं आधुनिक बनाउन सकियोस्।
कपिल मिश्राले भने, लाल किल्लाको प्राचीरबाट प्रधानमन्त्री नरेन्द्र मोदीले शक्तिको सप्तधारामा कृषि क्षेत्रको उल्लेख गरेका छन्। उनको नेतृत्वमा किसान कल्याण सहित कृषि एवं कृषिसित सम्बन्धित समस्त व्यवसायहरूलाई प्रोत्साहन गरिँदैछ। उनले आजादपुर मण्डीको स्वच्छतालाई व्यवस्थित बनाउनको लागि व्यापारी अनि अधिकारीहरूलाई सहयोग गर्ने अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा