मप्रको उज्जैनमा नागपञ्चमीमा मध्य राति खोलियो नागचन्द्रेस्वर मन्दिरको पट, लगातार 24 घण्टा हुनेछ
मप्रको उज्जैनमा नागपञ्चमीमा मध्य राति खोलियो नागचन्द्रेस्वर मन्दिरको पट, लगातार 24 घण्टा हुनेछ


उज्जैन, 17 अगस्त (हि.स.)। मध्यप्रदेशको उज्जैनस्थित विश्वप्रसिद्ध ज्योतिर्लिङ्ग भगवान महाकालेश्वर मन्दिरको तृतीय तलमा अवस्थित नागचन्द्रेश्वर मन्दिरको पट नागपञ्चमीमा आइतवार मध्यरात्रि 12 बजे खोलियो। पट खोलिनसाथ देशभरिबाट आएका श्रद्धालुहरूले भगवान नागचन्द्रेश्वरको दर्शन गर्न शुरू गरे। दर्शनको सिलसिला सोमवार मध्यरात्रि 12 बजेसम्म अर्थात 24 घण्टै जारी रहनेछ।

स्मरम गराइन्छ, महाकालेश्वर मन्दिरको तेस्रो तलस्थित यस मन्दिरको कपाट वर्षमा मात्र एकपटक नागपञ्चमीको दिन 24 घण्टाको लागि खोलिन्छ। आइतवार मध्यरात्रि मन्दिर पट खोलिन लगभग आधा घण्टापूर्व राती 11:30 बजी प्रथम पूजनको प्रक्रिया शुरू भयो। मध्य रात्रिमा पट खोलिएपछि श्री पञ्चायती महानिर्वाणी अखाड़ाका महन्त विनीत गिरी महाराजले भगवान नागचन्द्रेश्वरको पूजन-अभिषेक गरे। यस अवधि महाकाल मन्दिर प्रबन्ध समिति तथा प्रशासनका अधिकारीहरू उपस्थित थिए। प्रथम पूजापछि आम श्रद्धालुहरूको लागि दर्शन शुरू गरियो।

भगवान नागचन्द्रेश्वरको मन्दिर महाकाल मन्दिरको तेस्रो तलामा अवस्थित छ। नागपञ्चमी बाहेक वर्षभरि नै यहाँ श्रद्धालुहरूको निम्ति पट बन्द रहन्छ। त्यसैले नागपञ्चमीमा हुने दर्शनको लागि देशका विभिन्न भागहरूबाट श्रद्धालुहरू उज्जैन आउँछन्। यसपालि नागपञ्चमी र सावनको तेस्रो सोमवार एकै दिन भएको कारणले महाकाल मन्दिरमा श्रद्धालुहरूको सङ्ख्या अझ बढ़्ने सम्भावना छ।

नागपञ्चमीमा भगवान नागचन्द्रेश्वरको त्रिकाल पूजा गर्ने परम्परा रहेको छ। पहिलो पूजा आइतवार मध्य राती पट खोलिएपछि भयो भने दोस्रो विशेष पूजा सोमवार अपरान्ह 12 बजी श्री पञ्चायती महानिर्वाणी अखाड़ाको पक्षबाट गरिनेछ जबकि साँझ भगवान महाकालको सन्ध्या आरतीपछि महाकालेश्वर मन्दिरका पुजारी एवं पुरोहितले भगवान नागचन्द्रेश्वरको विशेष पूजा-अर्चना गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande