मणिपुरः सुरक्षा बलहरूले तीन जना उग्रवादी एवं दुई जना तस्करहरूलाई पक्राउ गरे, हतियार तथा संदिग्ध याबा ट्याबलेट जफत
मणिपुरः सुरक्षा बलहरूले तीन जना उग्रवादी एवं दुई जना तस्करहरूलाई पक्राउ गरे, हतियार तथा संदिग्ध याबा ट्याबलेट जफत


इम्फाल, 17 अगस्त (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले बितेको 24 घण्टाभित्रमा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा विभिन्न उग्रवादी सङ्गठनसित आवद्ध तीन जना सक्रिय क्याडर तथा दुई जना ड्रग्स तस्करहरूलाई पक्राउ गऱ्यो। यस अवधि एउटा एके-56 राइफल, गोला-बारूद औ 5.8 किलोग्राम संदिग्ध याबा ट्याबलेट पनि जफत गरियो।

मणिपुर पुलिस मुख्यालयले आज बताएको छ, गत 16 अगस्तको दिन सरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाका भिन्न-भिन्न स्थानहरूबाट आरपीएफ/पीएलएका दुई जना सक्रिय क्याडरहरूलाई पक्राउ गरे। यी आरोपीहरूको पहिचान विष्णुपुर जिल्लाको नापत अवाङ्ग लिकाई निवासी 19 वर्षीय खुमङ्थेम लानचेनबा मैतेई र इम्फाल पश्चिमको ल्याङ्गजिङ्ग निवासी 25 वर्षीय ग्रेटसन लोउरेम्बम उपनाम गेरेको रूपमा भएको छ। लानचेनबालाई वाङ्गोई थाना क्षेत्रको थियाम लिशाङ्गखोङ्ग र गेरेलाई सेकमाई थाना क्षेत्रको अवाङ्ग लेइकिनथाबी शान्तिपुरबाट पक्राउ गरिएको हो।

यसपूर्व जिरीबाम जिल्लाको बोरोबेकरा थाना क्षेत्रको खोजौल औ चौधरीखालमा सञ्चालित अभियानमा सुरक्षा बलहरूले एउटा एके-56 राइफल, एउटा म्यागजिन, चार वटा जिउँदो कारतूस औ 9 एमएम पिस्टोलको तीन वटा खाली कारतूस जफत गरे।

16 अगस्तकै दिन सेनापति जिल्लामा एनएच-02 को किनार खोङ्गनेम थाना क्षेत्रबाट दुई जना मानिसहरूलाई पक्राउ गरियो जसको पहिचान थौबल जिल्लाको काकचिङ्ग बजारस्थित सोरा मामाङ्ग लिकाई निवासी ड्रग्स तस्कर 32 वर्षीय मोहम्मद सलिमुद्दीन औ इम्फाल पश्चिमका वाङ्गोई निवासी 27 वर्षीय बीएम हाफिज अनिशको रूपमा भएको छ। यिनीहरूको कब्जाबाट संदिग्ध याबा ट्याबलेटको 13 वटा प्याकेट जसको वजन 5.8 किलोग्राम छ, तथा एमएन01एएस-6572 नम्बरको एउटा आई20 कार जफत गरिएको छ।

एक अन्य कारबाहीमा सुरक्षा बलहरूले यूएनएलएफ (के)- का सक्रिय क्याडर नङ्गोम शान्ता मैतेई उपनाम माइकल (45)-लाई इम्फाल पश्चिम जिल्लाको रिम्स रोड क्षेत्रबाट पक्राउ गरे जो इम्फाल पूर्वी जिल्लाको लाउसाङ्गखोङ्ग अवाङ्ग लिकाई निवासी रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande