सेवक रोडको प्लास्टिक फ्याक्ट्रीमा आगलागी, फ्याक्ट्रीको ठूलो भाग जलेर नष्ट
सेवक रोडको प्लास्टिक फ्याक्ट्रीमा आगलागी, फ्याक्ट्रीको ठूलो भाग जलेर नष्ट


सिलगढ़ी, 17 अगस्त (हि. स.)। सिलगढ़ीस्थित सेवक रोडको इण्डस्ट्रियल पार्कमा सोमवार बिहान एक प्लास्टिक फ्याक्ट्रीमा भयानक आगो लाग्यो। आगलागीको कारणले व्यापक कोकोहोलो मचियो। द्रूत गतिमा फैलिएको आगोले क्षणभरमै फ्याक्ट्रीको ठूलो भागलाई जलाएर खरानी बनाइदियो। हेर्दा-हेर्दै सम्पूर्ण क्षेत्रलाई कालो धुँवाले ढाक्यो।

भनिन्छ, बिहान लगभग साढ़े दश बजे फ्याक्ट्रीभित्रबाट धुँवा निक्लिएको देखियो। केही समयभित्रै आगोले विकराल रूप लियो। सूचना पाएर घटनास्थलमा पुगेको दमकलका चार वटा वाहनहरूले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गर्ने प्रयास गऱ्यो। फ्याक्ट्रीमा भारी मात्रामा प्लास्टिक, केमिकल औ अन्य ज्वलनशील सामग्री राखिएको कारणले आगो द्रूत गतिमा फैलियो।

प्रारम्भिक अनुमानमा यस घटनामा करोड़ौं रुपियाँको नोक्सान भएको आशङ्का छ। घटनाको सूचना पाएर भक्तिनगर थानाको पुलिस पनि घटनास्थला पुग्यो। आगो लागेको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। शर्ट सर्किट वा अन्य कुनै कारणले आगो लागेको हो, दमकल विभाग र पुलिसले जाँच गरिरहेको छ।

जानकारी अनुसार फोरेन्सिक टीमले पनि घटनास्थलको निरीक्षण गर्नेछ। घटनाको सूचना पाएर पुलिस कमिश्नर सैयद वाकर रजाले पनि घटनास्थलमा पुगेर स्थितिको जायजा लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande