खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको विधायक लामासँग भेट
Sonam lama


खरसाङ, 17 अगस्त (हि.स.)। खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनका प्रतिनिधि टाेलीले आज खरसाङका विधायक साेनाम लामाकाे खरसाङस्थित कार्यालयमा साैहार्दपूण भेट गरी हालै उनलाई उच्च शिक्षा विभागको सभापतिको पद प्रदान गरिएकाेमा संगठनकाे पझबाट खदार्पण गरी सम्मान गरिएको छ।

यसै क्रममा क्याफटाका मूल सचिव राजु रिचर्ड गुरुङले हाेमस्टे सञ्चालकहरूले नियमित रुपमा झेल्नु परेका विषयहरुबारे विधायकलाई अवगत गराएका छन्। यस क्रममा खरसाङकाे धर्मशालादेखि गुड सेपहर्ड स्कूलसम्म अनि ग्लेनहिल पब्लिक स्कूलदेखि हनुमान डाँडासम्म ट्राफिक नियन्त्रण एवं दूर्घटना राेकथामका लागी सिभिक भाेलेन्टियर्सकाे ताैनाथीको माग गरिएको छ। त्यसरी नै फाेहर मैलाकाे उचित व्यवस्थापन तथा यसबारे सरकारी स्तरबाटै तालिमकाे अवसर प्रदान गरिनु पर्ने माग राखेका छन् भने दीर्घकालीन रुपमा हाेमस्टे सञ्चालनकाे निम्ति उचित ढाँचा र सठीक दर सूचि रेट चार्टकाे तय गरिनु एवं पहाडमा कथित रुपमा चलिरहेकाे होम स्टे लिजकाे कुप्रथालाई बन्द गरेर वास्तविक हाेम स्टे व्यवस्थापनलाई पुन:स्थापित गर्नु पर्ने माग राखेका छन्।

त्यसरी नै हाेम स्टे व्यावसायलाई वैकल्पिक राेजगारकाे रुपमा प्राेत्साहन र प्रवर्द्धन दिनु पर्ने पनि माग गरिएको छ। हाेम स्टे संचालक र सरकारी पक्ष समझ सहज सम्पर्क स्थापना गरेर क्षेत्रकाे शान्ति र सुरक्षामा सहयाेग जुटाउनु पर्ने पनि माग विधायक समक्ष राखिएको छ।यसै क्रममा खरसाङलाई पर्यटकीय सूचिमा समावेस गर्नु एवं वर्तमानमा रहेका पर्यटनका स्थलहरुमा शुद्ध पिउने पानी र पे शौचालय निर्माण गरिनुपर्ने जस्ता मागहरु विषयमा गहन रुपमा चर्चा गरिएको जानकारी प्राप्त भएको छ।

विधायक साेनाम लामाले धैर्यतापूर्वक सुनेको तथा यी विषयहरुमा व्यक्तिगत चासाे रहनुकाे साथै वर्तमान सरकारकाे पनि प्राथमिकता रहेकाे बताए। उनले केही समयमा नै हाेमस्टे व्यवस्थापनकाे निम्ति क्याफट्याकसंग सरसल्लाह गरि एउटा निर्देशिका पेश गरिने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande