एनटीए कार्यालय बाहिर एनएसयूआईको प्रदर्शन, एनटीएलाई भङ्ग गर्ने माग
एनटीए कार्यालय बाहिर एनएसयूआईको प्रदर्शन, एनटीएलाई भङ्ग गर्ने माग


नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। भारतीय राष्ट्रिय छात्र सङ्गठन (एनएसयूआई)- ले राष्ट्रिय अध्यक्ष विनोद जाखड़को नेतृत्वमा सोमवार यूजीसी-नेट जून 2026 परीक्षामा भएको अनियमितताहरूको विरोधमा राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए)- को कार्यालय बाहिर प्रदर्शन गऱ्यो।

प्रदर्शनमा एनएसयूआईका हजारौं कार्यकर्ता एवं यूजीसी-नेट उम्मेद्वारहरू सामेल भएका थिए। प्रदर्शन गरिरहेका एनएसयूआईका केही कार्यकर्ताहरूलाई पुलिसले हिरासतमा लियो।

प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै एनएसयूआईका राष्ट्रिय अध्यक्ष विनोद जाखड़ले एनटीएलाई भङ्ग गर्ने औ एनटीएका अध्यक्षले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। उनले आरोप लगाए, परीक्षा व्यवस्थाको लगातार विफलताले राजनीतिक हस्तक्षेपलाई दर्शाउँछ भने शैक्षणिक संस्थानहरूको विश्वसनीयतालाई कमजोर बनाउनमा सरकारको भूमिका रहेको छ।

जाखड़ले भने. यो प्रदर्शन एनटीएद्वारा अङ्ग्रेजी, वाणिज्य तथा समाजशास्त्र विषयहरूको परीक्षा पुनः गराउने फसेलापछि गरिएको हो। जाँचमा तथ्यात्मक, टङ्कन, अनुवाद औ व्याकरण सम्बन्धी त्रुटीहरू सहित पहिला नै सोधिएका प्रश्नहरूको महत्वपूर्ण सङ्ख्यामा पुनरावृत्ति जस्ता गम्भीरकमीहरू देखिएकोछ।

विनोद जाखड़ले भने, एनटीएको विफलताको मूल्य विद्यार्थीहरूले चुकाउनुपर्छ। उनले माग गरे, एनटीएलाई भङ्ग गरियोस् अनि एनटीएका अध्यक्षले तत्काल राजीनामा दिउन्। उनले भने, जबसम्म एनटीएलाई समाप्त गरिंदैन, जबसम्म विद्यार्थीहरूले न्याय पाउँदैनन्, तबसम्म सङ्घर्ष जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande