सड़क दुर्घटनामा व्यक्तिको मृत्यु
सड़क दुर्घटनामा व्यक्तिको मृत्यु


शिवसागर (असम), 17 अगस्त (हि.स.)। शिवसागर जिल्ला शहर मुख्यालयमा भएको एक सड़क दुर्घटनामा स्कुटी चालकको घटनास्थलमै मृत्यु भयो। पुलिसले बतायो, सोमवार शिवसागरमा राष्ट्रिय राजमार्ग-37मा द्रूत गतिको स्कर्पियोले ठक्कर दिएको कारणले स्कुटी चालकको घटनास्थलमै मृत्यु भयो।

मृतक स्कुटी चालकको पहिचान जनकपट्टी निवासी अनिल काकतिको रूपमा गरिएको छ। घटनाको जानकारी पाउनसाथ पुलिसको टीमले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। दुर्घटनापछि स्कर्पियो चलक वाहनसितै घटनास्थलबाट भाग्न सफल भयो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी दुर्घटनामा सामेल वाहन चालकलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande