
गुवाहाटी, 17 अगस्त (हि.स.)। गुवाहाटीको बेलतला तिनाली क्षेत्रमा सोमवार स्थानीय मानिसहरूले फारूक अब्दुल्ला नामक युवकलाई समाते। उक्त युवकमाथि बरपेटामा दर्ता पोक्सो मामिलामा भागेको आरोप लागेको छ।
शुरुआती जानकारी मुताविक अब्दुल्ला बरपेटादेखि भागेर गुवाहाटी आएको थियो। स्थानीय मानिसहरूले उसलाई बेलतला तिनालीमा समातेर उसको केही एटीएम कार्डहरू जफत गरे। त्यसपछि पुलिसलाई सूचना दिए। सूचना पाएर हात्तीगाउँ पुलिस स्टेशनको टीम घटनास्थलमा पुग्यो अनि अब्दुल्लालाई हिरासतमा लियो।
पुलिसले बतायो, अब्दुल्ला बरपेटाको एक पुलिस स्टेशनमा 'बालिकालाई यौन अपराधदेखि संरक्षण' (पोक्सो) अधिनियम अन्तर्गत दर्ता मामिलामा आरोपी हो। उ साइबर अपराधसित जोड़िएको शङ्का पनि छ। तथापि यस्तो कुनै पनि गतिविधिमा उसको कथित संलिप्ता साबित भएको छैन।
पुलिसले यो पत्तो लगाइरहेको छ, उ गुवाहाटी कसरी आयो। उसित केही एटीएम कार्डहरू पनि थिए जसको जाँच गरिँदैछ। जाँचबुझको लागि अब्दुल्लालाई हात्तीगाउँ पुलिस स्टेशनमा लगिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा