
नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। दिल्लीमा पश्चिमी जिल्लाको रघुबीर नगरमा सोमवार बिहानै ई-रिक्शाको ब्याट्री पड़्केर एउटा घरमा आगो लाग्यो। यस दुर्घटनामा दुई जना मानिसहरू जलेर गम्भीर रूपमा घाइते भए जसलाई तत्कालै गुरू गोविन्द सिंह अस्पतालमा लगियो जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए। मृतकहरूको पहिचान सफेद (17) र मोहम्मद सामिद (38)- को रूपमा भएको छ।
दमकल विभाग अनुसार, बिहानै लगभग 4:42 बजे रघुबीर नगरको मस्जिद गुरुद्वारा रोडस्थित आर-17ए मा आगो लागेको सूचना प्राप्त भयो। सूचना पाउनसाथ दकलका पाँच वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। दमकल अधिकारीहरूले आगोलाई निभाउने अभियान शुरू गरे।
प्रारम्भिक जाँचमा थाहा लागेको छ, घरको पहिलो तलामा घरेलु सामान राखिएको थियो। यसै अवधि ई-रिक्शाको ब्याट्री विस्फोट भएर चारैतिर आगो फैलियो जसको चपेटमा परी दुई जना युवकहरू गम्भीर रूपमा घाइते भए। घर ग्राउण्ड फ्लोर अतिरिक्त चार तले छ। दमकल कर्मीहरू घटनास्थलमा पुग्नअघि नै दुवै घाइतेहरूलाई गुरु गोविन्द सिंह अस्पताल, रघुबीर नगरमा पुऱ्याइसकेको थियो जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।
दमकल अधिकारीहरूले लगभग 5:25 बजे आगलागीसित सम्बन्धित कारबाही समाप्त भएको सूचना दिए। अधिकारीहरूले बताए, आगो घरेलु सामानहरूसम्म मात्र सीमित थियो। दुर्घटनाको सही कारण तथा ब्याट्रीमा विस्फोट भएको परिस्थितिको जाँच गरिँदैछ। पुलिस तथा सम्बन्धित एजेन्सीले घटनास्थलबाट प्रमाण जुटाएर अग्रिम कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा