घना वर्षाले रूपसा-बाङ्गरीपोसी रेलखण्ड प्रभावित, पाँच वटा मेमू ट्रेन रद्द
घना वर्षाले रूपसा-बाङ्गरीपोसी रेलखण्ड प्रभावित, पाँच वटा मेमू ट्रेन रद्द


खड़गपुर, 17 अगस्त (हि.स.)। रेलवे अधिकारीहरूद्वारा सोमवार अपरान्ह डेढ़ बजे जारी प्रेस विज्ञप्ति अनुसार लगातार परिरहेको पानी तथा प्रतिकूल मौसमको कारणले रूपसा-बाङ्गरीपोसी खण्डमा मरम्मत कार्य भइरहेको छ। सुरक्षित एवं सुचारू रेल परिचालन सुनिश्चित गर्नको लागि 17 अगस्तमा निर्धारित मेमू एवं स्थानीय रेल सेवाहरूलाई रद्द गरिएको छ-

रेलवेद्वारा रद्द गरिएका सेवाहरूमा रेलगाड़ी सङ्ख्या -68181 रूपसा–बारीपदा मेमू, 68183 बारीपदा–बाङ्गरीपोसी मेमू, 68182 बाङ्गरीपोसी–बारीपदा मेमू, 68184 बारीपदा–रूपसा मेमू तथा 68173 रूपसा–भंजपुर मेमू सामेल छन्।

यस अतिरिक्त रेलगाड़ी सङ्ख्या 18007 शालीमार–भँजपुर एक्सप्रेस जुन सोमवार 17 अगस्तमा निर्धारित थियो,-लाई रूपसा स्टेशनमै आफ्नो यात्रालाई समापन गर्नुपऱ्यो। रेलगाड़ी सङ्ख्या 18008 भँजपुर–शालीमार एक्सप्रेस जुन मङ्गलवार आगामी 18 अगस्तमा निर्धारित छ, रूपसा स्टेशनबाटै आरम्भ हुनेछ।

रेलवे अनुसार लगातार परिरहेको मुसलधारे पानीबाट प्रभावित रेलखण्डमा रेलवेको आधारभूत संरचनाको सुरक्षा एवं विश्वसनीयतालाई सुनिश्चित गर्नको लागि मरम्मत कार्यलाई प्राथमिकताको आधारमा गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande