तारापीठको होटलमा भीषण आगलागी, प्रत्यक्षदर्शीहरूले बताए- आखिर निद्रामा डुबेको समय मृत्युले कसरी ढोका ढक्ढकायो
तारापीठको होटलमा भीषण आगलागी, प्रत्यक्षदर्शीहरूले बताए- आखिर निद्रामा डुबेको समय मृत्युले कसरी ढोका ढक्ढकायो


कोलकाता, 17 अगस्त (हि.स.)। बीरभूम जिल्लाको प्रसिद्ध तिर्थस्थल तारापीठमा सोमवार सवेरै एक निजी होटलमा भयानक आगो लागेर कोकोहोलो मचियो। माँ तारा मन्दिरदेकि केही टाड़ा थाना परिसर निकट अवस्थित उक्त होटलमा आगो लागेपछि अहिलेसम्ममा 6 जना मानिसहरूको मृत्यु भइसकेको खबर छ। अन्य धेरै जना घाइते भएको खबर पनि छ। भनिन्छ, सबै श्रद्धालुहरू माँ तारा मन्दिरमा पूजा-अर्चना गरेपछि राति होटलमा बसेका थिए।

होटल मालिकका छोरा कल्याण पाल अनुसार सोमवार बिहान लगभग 4:30 बजी एसीको एनसीपीमा शर्ट सर्किट भएको कारणले आगो लागेको आशङ्का छ।

उनले बताए, आगलागी भएको जानकारी पाउनसाथ होटलमा उपस्थित नाइट गार्ड तथा अन्य कर्मचारीहरूलाई यसको सूचना दिइयो। त्यसपछि बिजुलीको कनेक्शन बन्द गर्ने प्रयास गरियो अनि होटलको फायर अलार्म बजाइयो। अलार्म बजेपछि कोठामा बसेका श्रद्धालुहरू सतर्क भएर बाहिर निक्लिए।

तथापि क्षणभरमै आगोसितै धुँवा द्रूत गतिमा माथितिर फैलियो। धुँवाको कारणले मानिसहरू निसास्सिए। होटलभित्र कोकोहोलोको मचियो।

घटनाको जानकारी पाउनसाथ वरपरका विभिन्न होटलहरूमा बसेका मानिसहरूले पनि घटनास्थलमा पुगेर आगो निभाउनमा सहयोग गरे। त्यसपछि दमकल विभागलाई सूचित गरियो। सूचना पाउनसाथ दमकलका वाहनहरूले घटनास्थलमा पुगेर आगोलाई निभाउनमा जुटे।

आगलागीमा ज्यान गुमाउनेहरूको शवलाई रामपुरहाट मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ भने घाइतेहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

होटलमा बसेका एकजना श्रद्धालुले बताए, उनी अबेर राती खाना खाएपछि सुतेका थिए। अचानक बिहान लगभग 4:30 बजे होटलमा चिच्याएको आवाज सुनियो। आँखा खोल्दा चारैतिर धुँवाले भरिएको थियो। होटल कर्मचारीहरूको सहयोगले होटल बाहिर निक्लिन सफल भइयो।

घटनापछि दमकल र पुलिसको ठूलो टीम घटनास्थलमा पुग्यो। सम्पूर्ण होटल परिवरलाई घेराबन्दी गरेर राहत एवं बचाउ कार्यसँगसँगै आगलागीको कारण पत्तो लगाउन जुटेको छ।

प्रारम्भिक जानकारी अनुसार होटलको तल्लो भागमा आगो लागेपछि धुँवा द्रूत गतिमा माथिल्लो तलासम्म फैलियो। दमकलकर्मीहरूले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। साथै होटलमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरे।

पुलिस अधिकारी अनुसार घाइतेहरूलाई तत्काल रामपुरहाट मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। मृतकहरूको सङ्ख्याको पुष्टि गरिँदैछ। घटनाको विस्तृत जाँच शुरू गरिएको छ।

आगलागीको कारण प्रारम्भिक रूपमा शर्ट सर्किटलाई बताइँदैछ। तथापि यसको आधिकारिक पुष्टि जाँचपछि नै हुनेछ। होटलको अग्निशमन व्यवस्था औ अन्य सुरक्षा मानदण्डहरूको पनि जाँच गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande