
लखनऊ, 17 अगस्त (हि.स.)। बहुजन समाज पार्टी (बसपा)- की राष्ट्रिय अध्यक्ष मायावतीले उत्तर प्रदेशको अम्बेडकर नगर जिल्लामा आईपीएस आशुतोष मिश्राकी बुजुर्ग आमाको मृत्युप्रति आफ्नो शोक संवेदना व्यक्त गरेकी छन्। यस घटनालाई लिएर उनले प्रदेशको कानून व्यवस्थामाथि प्रश्न उठाउँदै भनिन्, पुलिसको परिवार नै सुरक्षित छैन भने आम मानिसहरू कसरी सुरक्षित हुन्छन्।
मायावतीले साेमवार एक्स पोस्टमा लेखिन्, आईपीएस आशुतोष मिश्राकी लगभग 91 वर्षीय बुजुर्ग माताको हत्या अत्यन्त दुःखदायी घटना हो। प्रदेशको कानून व्यवस्थाको हिसाबले अति चिन्तनीय हो। यस्तो घटनालाई लिएर मानिसहरूले यस्तो आशङ्का व्यक्त गर्नु स्वभाविकै हो कि हत्या जस्तो जघन्य अपराध पुलिस परिवारसित हुनसक्छ भने आम मानिसहरूको सुरक्षाको के हुनेछ। सरकारले यस घटनाको उचित संज्ञान लिएर दोषीहरूविरूद्ध कड़ा कानूनी कारबाही गर्न आवश्यक छ।
उल्लेखनीय छ, गए आइतवार आईपीएस आशुतोष मिश्राकी माताको संदिग्ध अवस्थामा मृत्यु भएको थियो। उनको शव कोठामा भेटिएको थियो। आईपीएसकी आमाको गहना हराएकोले हत्या भएको आरोप लगाइएको छ। यसबीच गए अबेर राती पुलिस अधीक्षक प्राची सिंहले एक बयान जारी गर्दै भने, घटनाको संज्ञा लिँदै फोरेन्सिक टीम र अधिकारीहरूद्वारा घटनास्थलको निरीक्षण गरियो जसमा शवको शरीरमा कुनै पनि प्रकारको गहिरो चोटको निसान वा फाइट मार्क्स देखिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा