हात्तीको हमलामा दुई महावत घाइते
हात्तीको हमलामा दुई महावत घाइते


गोलाघाट (असम), 18 अगस्त (हि.स.)। गोलाघाट जिल्लाको राष्ट्रिय उद्यान काजीरङ्गामा पालेको एउटा हात्तीले हमला गरेको कारणले दुई जना महावतहरू गम्भीर रूपमा घाइते भएका छन्। दुवै घाइते महावतहरूको अस्पतालमा उपचार भइरहेको छ।

काजीरङ्गा राष्ट्रिय उद्यानका वन अधिकारीहरूबाट मङ्गलवार प्राप्त जानकारी अनुसार उद्यानमा पालेको एउटा हात्तीको हमलामा परी दुई जना महावतहरू घाइते भएका छन् जसको पहिचान सञ्जीव पेगू र महेन्द्र पाटगिरीको रूपमा गरिएको छ। दुवैलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ। वन विभागले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande