कोलकाता एयरपोर्टको एटीसी भवनमा आगलागी, लगभग दुई घण्टाको परिश्रमपछि आगो नियन्त्रित
कोलकाता एयरपोर्टको एटीसी भवनमा आगलागी, लगभग दुई घण्टाको परिश्रमपछि आगो नियन्त्रित


कोलकाता, 18 अगस्त (हि.स.)। नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डाको एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनमा मङ्गलवार भोर बिहान आगो लाग्नाले कोकोहोलो मचियो। आगो बिहान लगभग 4:43 बजे एटीसीको पुरानो भवनको तेस्रो तलाको खुल्ला बालकनीमा लागेको हो। आगो बलिरहेको देखेर कर्मचारीहरूले तत्काल दमकल विभागलाई सूचना दिए। सूचना पाएर हवाईअड्डाको दमकल सेवाका तीन वटा वाहनहरूले घटनास्थलमा पुगेर आगो निभाउने काम शुरू गरे। लगभग दुई घण्टा परिश्रम गरेर आगोलाई नियन्त्रण गरियो। त्यसपछि बिहान लगभग 6 बजे घटनास्थलमा पानी लगाएर आगो निभेको पुष्टि गरियो।

हवाईअड्डाका निदेशक विक्रम सिंहले बताए, आगो लागेको खुल्ला भागमा एयर कण्डीशनरको बाह्य एकाई रहेको छ। आगलागीको कारण पत्तो लगाउन विस्तृत जाँच गरिँदैछ। उनले स्पष्ट पारे, घटनाले विमान परिचालनमा कुनै प्रभाव पारेन।

एटीसी भवनबाटै विमानहरुको आवागमनलाई नियन्त्रण गरिन्छ। त्यसैले आगो लागेको खबर फैलिनसाथ हवाईअड्डामा कोकोहोलो मचियो। तथापि हवाईअड्डा प्रबन्धन अनुसार आगोले विमान परिचालनमा कुनै प्रभाव पारेन। सबै उड़ानहरू सामान्य रूपमा सञ्चालन भइरहे।

प्रारम्भिक जाँचमा आशङ्का व्यक्त गरिँदैछ, स्वतन्त्रता दिवसको लागि जड़ान गरिएको विद्युत सजावटको तारमा शर्ट सर्किट भएको कारणले आगो लागेको हो। तर आगो मुख्य रूपमा खुल्ला भागसम्म मात्र सीमित रह्यो भने एटीसीको महत्वपूर्ण उपकरण पनि सुरक्षित रह्यो।

जानकारी अनुसार आगो लागेको तलामा सञ्चार प्रणालीसित सम्बन्धित उपकरणहरू रहेका छन्। यही प्रणालीहरूको माध्यमबाट एटीसी अधिकारीहरूले लगातार पायलटहरूसित सम्पर्क गर्दछन्। हवाईअड्डा प्रबन्धन मुताविक ती उपकरणहरूलाई कुनै पनि प्रकारको नोक्सान पुगेन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande