सन् 1942-मा बैरियामा शहीद भएका थिए 20 जना क्रान्तिकारीहरू, मानिसहरूले गरे नमन
सन् 1942-मा बैरियामा शहीद भएका थिए 20 जना क्रान्तिकारीहरू, मानिसहरूले गरे नमन


बलिया, 18 अगस्त (हि.स.)। सन् 1942- को अगस्त क्रान्तिबाट सर्वाधिक प्रभावित जिल्लाहरूमध्ये बलिया अग्रणी रहेको थियो। 19 अगस्तको दिन बलियामा अङ्ग्रेज शासन मासिनअघि 18 अगस्त, 1942-मा बैरियाका बलिदानीहरूले आफ्नो पराक्रमबाट अङ्ग्रेजहरूलाई हल्लाइदिएका थिए जसमा केही सेनानीहरू शहीद भएका थिए जसको स्मरणमा प्रत्येक वर्ष बैरिया बलिदान दिवस आयोजना गरिन्छ।

यस दिन द्वाबाका क्रान्तिकारीहरूले बैरिया थानामा हमला गरेका थिए जसमा 20 जना मानिसहरूले आफ्नो बलिदान दिएका थिए। लगभग 150 जना मानिसहरूलाई गोली लागेको थियो। यी नै शहीदहरूको स्मृतिलाई जीवन्त राख्नको लागि पालन गरिने बैरिया बलिदान दिवसमा प्रत्येकवर्ष ठूलो सङ्ख्यामा मानिसहरू आएर स्मारकमा श्रद्धाको पुष्प अर्पण गर्ने गर्दछन्।

यसै क्रममा आज पनि मानिसहरूले अमर स्वतन्त्रता सेनानीहरूलाई पूर्ण श्रद्धाको साथमा नमन गरे। भाजपाका पूर्व सांसद वीरेन्द्र सिंह मस्तले पनि फूलमाला चढ़ाएर बलिदानीहरूलाई नमन गरे। उनले भने, स्वतन्त्रता आन्दोलनमा बलिया र बैरियाको अहम स्थान छ जसले आफ्नो सबै कुरा बलिदान गऱ्यो, त्यस गाउँलाई विकासको धारासित जोड़्नको लागि सरकारले काम गरिरहेको छ। यस अवसरमा भाजपाका पूर्व जिल्लाध्यक्ष जयप्रकाश साहु, विजय बहादुर सिंह आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande