बिहान-बिहानै सड़क किनारमा बम भेटिएकोले खैलाबैला, टाङ्गारबेड़ियामा सन्त्राष फैलियो
बिहान-बिहानै सड़क किनारमा बम भेटिएकोले खैलाबैला, टाङ्गारबेड़ियामा सन्त्राष फैलियो


दक्षिण 24 परगना, 18 अगस्त (हि.स.)। दक्षिण 24 परगना जिल्लाको बारुईपुर थाना अन्तर्गत टाङ्गारबेड़िया क्षेत्रमा मङ्गलवार बिहान सड़क किनारमा बम भेटिएको घटनाले कोकोहोलो मचायो। घटना कालाबरु–घुटियारी शरीफ रोडस्थित टाङ्गारबेड़ियाको 83 नम्बर बूथको छेउको हो।

स्थानीय मानिसहरूले बिहान सड़क किनारमा एउटा बम लड़िरहेको देखेपछि क्षेत्रमा सन्त्राष व्याप्त भयो। मानिसहरूले तत्कालै बारूइपुर थानालाई सूचना दिए। त्यसपछि पुलिसले घटनास्थलमा पुगेर बमलाई कब्जामा लियो।

हाल यो स्पष्ट हुन सकेको छैन कि बम त्यहाँ कसले र कुन उद्देश्यले राखेको थियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ। कब्जामा लिइएको बमको प्रकृति र घटनाको पछाड़ि कुनै आपराधिक गतिविधिको सम्बन्ध छ कि छैन, यसको पनि अनुसन्धान गरिँदैछ।

सड़क किनारमा बम भेटिएको घटनापछि क्षेत्रमा केही समयसम्म डरको माहोल सृजना भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande