अविरल वर्षा अनि ड्यामबाट प्रचुर मात्रामा पानी छोड़िएको कारणले आसनसोल र हावड़ामा बाढ़ीको जोखिम
अविरल वर्षा अनि ड्यामबाट प्रचुर मात्रामा पानी छोड़िएको कारणले आसनसोल र हावड़ामा बाढ़ीको जोखिम


पश्चिम बर्दवान, 18 अगस्त (हि.स.)। लगातार परिरहेको पानी तथा दामोदर उपत्याका निगम (डीभीसी) का जलाशयहरूबाट प्रचुर मात्रामा पानी छोड़िएको कारमले पश्चिम बङ्गालका आसनसोल, बर्नपुर, रेलपारदेखि लिएर हावड़ा ग्रामीणका उदयनारायणपुर र आमता-2 ब्लकसम्मको जनजीवन प्रभावित भएको छ। कतिपय क्षेत्रहरू पानीमा डुबेका छन् भने नदी किनारका क्षेत्रहरूमा बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ जसले गर्दा स्थानीय मानिसहरू चिन्तित एवं भयभित भएका छन्।

आसनसोल र यस वरपरका क्षेत्रहरूमा गए सोमवार परेको मुसलधारे पानीले स्थितिलाई झन् गम्भीर बनाइदियो। शहरका तल्लो भागहरू जलमग्न भएका छन् भने रेलपार क्षेत्रका कतिपय घरहरूमा पानी पसेको सूचना प्राप्त भएको छ। बर्नपुर सहित अन्य क्षेत्रहरूमा सड़क नै पानीमा डुबेको कारणले यातायात बाधित भयो जसबाट मानिसहरूलाई विभिन्न कठिनाइहरूको सामना गर्न परिरहेको छ।

प्राप्त जानकारी अनुसार गए 17 अगस्तको दिन म्याथन ड्यामबाट लगभग 29 हज़ार क्यूसेक पानी छोड़ियो भने दुर्गापुर ब्यारेजबाट लगभग एक लाख 15 हज़ार क्यूसेक पानी छोड़ियो जसको परिणामस्वरूप दामोदर नदीको जलस्तर द्रूत गतिमा बढ़ेको छ भने नदीको किनारमा रहेका क्षेत्रहरूमा दबाव बढ़ेको छ। डीभीसीको पक्षबाट बताइएको छ, म्याथन र पञ्चेत जलाशयबाट छोड़िने पानीको निरन्तर निगरानी गरिन्छ तथा आवश्यकता परे बाढ़ी आउने चेताउनी पनि जारी गरिनेछ।

अर्कोतिर हावड़ा ग्रामीणका उदयनारायणपुर र आमता-2 ब्लकमा पनि दामोदर नदीको बढ़्दो जलस्तरले मानिसहरूको चिन्ता बढ़ाइदिएको छ। यसअघि डीभीसीबाट लगभग 1 9 हज़ार क्यूसेक पानी छोड़िएको थियो, त्यैमाथि गए सोमवार अतिरिक्त 38 हज़ार क्यूसेक पानी छोड़िएको सूचनाले स्थितिलाई अझ गम्भीर बनाइदिएको छ। आशङ्का व्यक्त गरिँदैछ, यो पानी मङ्गलवार साँझसम्ममा उदयनारायणपुर क्षेत्र भएर गुज्रिनसक्छ।

तथापि सिँचाइ विभागीय अधिकारीहरूको भनाइ छ, हाल हावड़ा ग्रामीणमा कुनै ठूलो जोखिमपूर्ण स्थिति उत्पन्न भएको छैन। दामोदर नदीको बाँधलाई पहिलाको तुलनामा अधिक बलियो बनाइएको छ भने नदीको जलधारण क्षमतालाई पनि सुधारिएको छ। अविरल वर्षा अनि ड्यामाट पानी छोड़िएको कारणले सतर्कता अप्नाउन आवश्यक भएको छ।

सिँचाइ विभाग, पुलिस र जिल्ला प्रशासनका टीमहरूले दामोदर नदीको किनारमा लगातार निगरानी गरिरहेका छन्। बकपोटा, डिहिभुरसुट औ अन्य संवेदनशील क्षेत्रहरू इञ्जिनियरहरूलाई तैनाथ गरिएको छ। साथै तल्लो तथा नदी किनारका गाउँहरूमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहने अनि सुरक्षि स्थानमा जाने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande