घना वर्षाको कारणले पूर्व मेदिनीपुरको हल्दियामा स्थिति गम्भीर, स्कूलहरू बन्द
घना वर्षाको कारणले पूर्व मेदिनीपुरको हल्दियामा स्थिति गम्भीर, स्कूलहरू बन्द


पूर्व मेदिनीपुर, 18 अगस्त (हि.स.)। पूर्व मेदिनीपुर जिल्लामा भइरहेको अविरल वर्षाले जनजीवन पूर्ण रूपले प्रभावित भएको छ। जिल्लामा प्राथमिकदेखि लिएर उच्च माध्यमिक स्तरसम्मका सबै विद्यालयहरूलाई मङ्गलवार बन्द राख्ने निर्देश दिइएकोछ। जिल्ला प्रशासनानुसार लगातार पानी परिरहेकोले केही विद्यालय परिसर पानीमा डुबेको छ जसले गर्दा विद्यार्थीहरूलाई ओहोर-दोहोर गर्न समस्या हुनेछ।

जिल्लामा सबैभन्दा गम्भीर स्थिति औद्योगिक शहर हल्दियामा रहेको बताइएको छ। गत आइतवार साँझदेखि सोमवारसम्म निरन्तर परेको मुसलधारे पानीले हल्दियिा नगरपालिकाका सबै 29 वटा वार्डहरू अतिरिक्त सुताहाटा खण्डका सबै ग्राम पञ्चायत, हल्दिया खण्डका केही ग्राम पञ्चायतहरू तथा महिषादल खण्डका केही क्षेत्रहरू पानीमा डुबेका छन्। कतिपय ठाउँमा घरभित्र पानी पसेकोले मानिसहरूलाई ठूलो असुविधा भइरहेको छ।

हल्दिया नगरपालिकाका निवेदिता कलोनी, आजाद हिन्द नगर र हल्दिया टाउनशिप सहित केही ठाउँमा कम्मर-कम्मरसम्म पानी जमेको छ भने हल्दिया खण्डका देउलपोटा र देवोग, चकद्वीपा ग्राम पञ्चायतका शिवरामनगर, चाउलखोला, बड़बाड़ी, मनोहरपुर औ बाड़बाजितपुर, डालिमचक, गोरानखाली, चकलालपुर, लालपुर तथा बाड़बासुदेवपुर सहित केही क्षेत्रहरू पनि पानीमा डुबेका छन्।

देउलपोटा ग्राम पञ्चायत क्षेत्रमा माटोको घर भत्किएर शेख नुरुल इस्लाम (62)-को मृत्यु भयो जबकि अन्य तीन जना मानिसहरू घाइते भएका छन्।

यता गए सोमवार राज्यकी नगर विकास मन्त्री अग्निमित्र पालले औद्योगिक शहर हल्दियाका जलमग्न क्षेत्रहरूको निरीक्षण गरी एक प्रशासनिक बैठक पनि गरिन्। उनले सबैभन्दा पहिला हल्दिया भवनमा जिल्ला प्रशासनिक अधिकारीहरू तथा हल्दियाको औद्योगिक एकाईहरूका प्रतिनिधिहरूसित बैठक गरिन्। बैठकमा जिल्लाधिकारी निरञ्जन कुमार, पुलिस अधीक्षक अंशुमान साहा, हल्दियाकी अनुमण्डलाधिकारी सुरभि सिङ्गला सहित हल्दिया विकास प्राधिकरण औ विभिन्न विभागीय अधिकारीहरू उपस्थित थिए।

भारी वर्षाबाट सृजित जलभराउको कारणले विद्यार्थीहरूलाई विद्यालय आउन-जान असुविधा हुने कुरालाई मध्यनजर गर्दै पूर्व मेदिनीपुर जिल्लाका लगभग 3 हजार विद्यालय अनि 950 उच्च माध्यमिक विद्यालयहरूलाई मङ्गलवारसम्म बन्द राख्ने निर्देश दिइएको छ। सड़क अनि आवागमन व्यवस्था पनि प्रभाववित भएको छ। प्रशासनले जलनिकासी तथा राहत व्यवस्थालाई लिएर निगरानी बढ़ाएको छ।

यसैबीच मङ्गलवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व मेदिनीपुरको हल्दियास्थित जलमग्न क्षेत्रहरूको भ्रमण गर्ने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। तथापि मुख्यमन्त्रीको भ्रमणको अन्तिम कार्यक्रम प्रशासनिक स्तरमा तय भएपछि नै स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande