
बाँकुड़ा, 18 अगस्त (हि.स.)। दक्षिण बङ्गालमा घना वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गर्दै सतर्कतास्वरूप मुकुटमणिपुरस्थित कँसावती जलाशयको लकगेटलाई यस मौसममा पहिलो पटक खोलिएको छ। गए सोमवार अबेर साँझदेखि जलाशयका तीन वटा गेटहरूको माध्यमबाट प्रतिसेकेण्डमा पाँच हजार क्यूसेकको दरले पानी छोड़िरहेको छ।
लगातार पानी परिरहेकोले कँसावती जलाशयको जलस्तर सोमवार अपरान्हसम्ममा बढ़ेर लगभग 430 फुट पुगेको थियो। जलाशयमा अधिकतम लगभग 434 फुट पानी अटाउँन सकिन्छ। जलस्तर लगातार बढ़्ने तथा कँसावती र कुमारी नदीबाट जलाशयमा अतिरिक्तत पानी आउने आशङ्कालाी केन्द्र गर्दै सिँचाइ विभागले पहिलाबाटै पानी छोड़्ने निर्णय लिएको हो।
सिँचाइ विभागद्वारा बाँकुड़ाको तल्लो पानी ग्रहण गर्ने क्षेत्र तथा पश्चिम मेदिनीपुर जिल्ला प्रशासनलाई स्थितिको बारेमा सतर्क गराइएको छ।प्रशासनले जलाशयको पानी छोड़्ने सम्बन्धमा जानकारी गराउँदै आवश्यक सतर्कता अप्नाउन भनेको छ।
तथापि सिँचाइ विभागले स्पष्ट पारेको छ, हाल जुन मात्रामा पानी छोड़िँदैछ, त्यसबाट बाढ़ी जस्तो स्थिति उत्पन्न हुनसक्छ। जलाशयको जलस्तर तथा आउने पानीमाथि लगातार नजर राखिँदैछ।
दक्षिण बङ्गालमा भारी वर्षा हुने पूर्वानुमानलाई ध्यानमा राख्दै जलाशयबाट पहिला नै नियन्त्रित मात्रामा पानी छोड़्ने निर्णयलाई सतर्क कदम मानिँदैछ जसको उद्देश्य जलाशयमा अत्यधिक जलभराउको स्थिति उत्पन्न हुनपूर्व जलस्तरलाई नियन्त्रित गर्नु हो।
सिँचाइ विभाग अनुसार वर्तमानमा स्थिति नियनन्त्रणमै छ। यद्यपि आगामी दिनमा वर्षाको मात्रा अनि कँसावती र कुमारी नदीको जलप्रवाहलाई मध्यनजर गर्दै अग्रिम कारबाही गर्ने निर्णय लिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा