कछारमा ट्रकबाट 10 करोड़ रुपियाँको याबा ट्याबलेट जफत, आरोपी पक्राउ
कछारमा ट्रकबाट 10 करोड़ रुपियाँको याबा ट्याबलेट जफत, आरोपी पक्राउ


कछार (असम), 18 अगस्त (हि.स.)। असमको कछार जिल्ला अन्तर्गत दिघरखालमा पुलिसले एउटा ट्रकबाट लगभग 10 करोड़ रुपियाँको 50 हजार याबा ट्याबलेट जफत गरेको छ। यस मामिलामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मङ्गलवार सोशल मीडिया मञ्च ‘एक्स’-मा पोस्ट गरी उक्त आशयको जानकारी दिए। उनले बताए, दिघरखालस्थित पुरानो एमभीआई चेक पोइन्टमा जाँच गर्दा ट्रकको एउटा गुप्त ठाउँमा राखिएको याबा ट्याबलेट भेटियो।

मुख्यमन्त्रीले यस कारबाहीको लागि कछार पुलिस र असम पुलिसको सराहना गरे। उनले भने,, हम्प्टी डम्प्टी नराम्रो गरी लड़ेका थिए, त्यसरी नै यो ड्रग्सको खेपलाई पनि समातियो।

मुख्यमन्त्रीले भने, राज्यमा सञ्चालित ‘असम अगेन्स्ट ड्रग्स’ अभियान अन्तर्गत मादक पदार्थहरूको तस्करीविरूद्ध कारबाही लगातार जारी रहनेछ।

पुलिसले जफत गरेको याबा ट्याबलेटलाई कब्जामा लिएर पक्रा पर्ने व्यक्तिसित जाँचबुझ गर्न शुरू गरेको छ। पुलिसले तस्करीको नेटवर्क र खेपको श्रोत तथा गन्तव्य पत्तो लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande