
सिलगढ़ी, 18 अगस्त (हि.स.)। सुकनाको छेउमा जङ्गली हात्तीको हमलामा परी एकजना युवकको मृत्यु भयो। मृतकको पहिचान गौतम नागेसियाको रूपमा भएको छ जो मालीभिट्टास्थित सिमलबाड़ी चिया बगानका निवासी थिए। घटना मङ्गलवार बिहान पैनीकुमारी जोत अधिनस्थ धिप्पाधुरा क्षेत्रमा भएको हो।
स्थानीय सूत्र अनुसार गौतम बिहान कुनै व्यक्तिलाई छोड़्नका लागि घरबाट हिँड़ेका थिए। यसै अवधि उसको सामना हात्तीसित भयो। हात्तीले उमाथि हमला गऱ्यो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। घटनाको जानकारी फैलिनसाथ स्थानीय मानिसहरू र सम्बन्धित अधिकारीहरू घटनास्थलमा पुगे। अधिकारीहरूले शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिए। महानन्द वन्यजीव अभयारण्य संलग्न क्षेत्रमा मानव-हात्ती सङ्घर्षका घटनाहरू भइरहने हुनाले स्थानीय मानिसहरूमा सुरक्षालाई लिएर चिन्ता बढ़ेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा