
गुवाहाटी, 19 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार पवित्र भदौ महिनाको प्रथम दिन राज्यवासीहरूलाई हार्दिक शुभकामना दिए। मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भने, पवित्र भदौ महिनाले भक्ति, आध्यात्मिकता औ भाइचाराको अनौठो वातावरण बोकेर आएको छ। हरिनामको मधुर स्वरले चारै दिशा गुञ्जयमान हुन्छ अनि मानिसहरूको मन-प्राण शान्ति एवं पवित्रताले भरिन्छ।
उनले भने, यसै पवित्र महिनामा भगवान श्रीकृष्णको जन्मोत्सव तथा महापुरुष गुरुजनहरूका तिथिेहरूको आयोजनले असमको सामाजिक जीवनलाई अझ समृद्ध तुल्याउँछ।
मुख्यमन्त्रीले कामना गरे, भगवानको कृपाले प्रत्येक असमवासीको जीवनमा शान्ति, समृद्धि अनि सुःख-शान्ति आओस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा